राष्ट्र संघको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा नेपालका अमृत राई निर्वाचित « Khabarhub

राष्ट्र संघको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा नेपालका अमृत राई निर्वाचित


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्र संघको ७५ औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा पहिलोपल्ट नेपाल निर्वाचित भएको छ ।

न्युयोर्कस्थित नेपाली नियोगले उक्त पदमा पहिलोपल्ट नेपालका तर्फबाट राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राई सर्वसम्मतिले अध्यक्षमा निर्वाचित गरेको छ ।

महासभामा ६ वटा मुख्य कमिटीमध्ये यो कमिटी महत्वपूर्ण मानिन्छ । अल्पविकसित देशले सामना गर्ने समस्या, विकास, गरिबी उन्मूलन, व्यापार, विकासका लागि वित्त, विश्वव्यापीकरण, अन्तर्राष्ट्रिय वित्तीय प्रणाली, विकासका लागि सूचना तथा प्रविधि, जलवायु परिवर्तन समेत यस कमिटीले हेर्ने भएकाले पनि यसलाई महत्वका साथ हेरिने गरिन्छ ।

राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका सकारात्मक भूमिका निर्वाह गर्नका लागि यो महत्वपूर्ण अवसर भएको नेपाली नियोगले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  २ : ५९ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका