कोरोना रोकथाममा प्रभावकारी कदम नचालेको भन्दै विभिन्न जिल्लामा सरकार विरोधी प्रदर्शन | Khabarhub Khabarhub

कोरोना रोकथाममा प्रभावकारी कदम नचालेको भन्दै विभिन्न जिल्लामा सरकार विरोधी प्रदर्शन


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम नचालेको भन्दै शुक्रबार मुलुकका विभिन्न जिल्लामा सरकारविरोधी प्रदर्शन भएको छ ।

कोरोना परीक्षण्मा ढिलासुस्ती गरेको, सरकारी खर्च पारदर्शी नभएको लगायतका विषय उठाउँदै शुक्रबार पनि युवाहरूले सरकार विरोधी प्रदर्शन जारी राखेका हुन् ।

स्थानीय युवाहरुले काठमाडौं, भक्तपुर, ललितपुर  बुटवल, मकवानपुरको हेटौडा, भैरहवा, पाल्पा लगायतका जिल्लामा कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम नचालेको भन्दै प्रदर्शन गरेका हुन् ।

सरकारले कोरोना संक्रमण जाँचका लागि पीसीआर बढाउन, क्वारेन्टाइनको गुणस्तर सुधार गर्न, मेडिकल क्षमता विस्तार गर्न र खर्च पारदर्शी बनाउन माग गर्दै युवाहरु स्वस्फूर्त प्रदर्शनमा उत्रिएका हुन् । काठमाडौंको बसन्तपुरमा युवाहरूले प्रहरी दमनविरूद्ध शान्तिपूर्ण प्रदर्शन समेत गरेका छन् ।

धनगढीमा प्रदर्शन

यसैबीच सरकारविरुद्ध शुक्रबार स्थानीय युवाहरुले धनगढीमा पनि प्रदर्शन गरेका छन् । कोरोनाभाइरसको रोकथाममा सरकार गम्भीर नभएको भन्दै स्थानीय युवाले प्रदर्शन गरेका हुन् ।

‘सरकार कि त जाग कि त भाग’, ‘सासंदको भत्ता पाक्ने, नागरिकको भात नपाक्ने’लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

‘आरडीटी’ बन्द गरेर कोरोना परीक्षण ‘पीसीआर’ विधिबाटमात्र गर्नुपर्ने, ‘क्वारेन्टिन’ व्यवस्थित बनाउनुपर्ने, कोरोना रोकथामका लागि सरकारले गरेको खर्च सार्वजनिक गर्नुपर्नेलगायतको माग राख्दै स्थानीयहरुले प्रदर्शन गरेका हुन् ।

बसन्तपुरमा प्रदर्शन

कोरोना नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्ब रुपैयाँको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै युवाहरुले शुक्रबार वसन्तपुरमा प्रदर्शन गरेका छन् ।

शत प्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।

बिहान १० बजेबाट एक घण्टासम्म प्रदर्शन गरिएको थियो । सरकारले जनताको आवाज नसुनेको, प्रहरीले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको, पीसीआर लागू नगरेको, क्वरेण्टीन मापदण्ड नअपनाएको भन्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

शुक्रबार नै ललितपुरको झम्सीखेलमा पनि प्रदर्शन भएको छ । शनिबार माइतीघरमा प्रदर्शन गर्ने र मङ्गलबार झम्सीखेलमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ६ : ५५ बजे

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न