इरानमा कोरोना भाइरसको दोस्रो लहर « Khabarhub

इरानमा कोरोना भाइरसको दोस्रो लहर


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रान- इरानमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएको छ।

इरानी हेल्थ एक्सपर्ट र कोभिड १९ टास्क फोर्सका सदस्य एसहान मुस्तफावीले इरानमा कोरोना भाइरसको दोस्रो लहर शुरु भएको बताएका हुन् ।

उनका अनुसार भाइरसबाट संक्रमित भएकाहरुको संख्या इरानमा करिव डेढ करोड छ। उनले कोरोनाको दोश्रो लहर आएको इरान पहिलो देश हुनसक्ने बताएका छन् ।

मुस्तफाबीले एक सर्वेक्षणमा कति मानिसमा एन्टीबडी डेभलप भएको भन्ने समेत पत्ता लागेको बताए । सर्वेक्षणमा १८.७५ प्रतिशत मानिसमा मात्र एन्टीबडी पाइएको बताए ।

इरानमा हालसम्म कोरोना भाइरसको महामारीका कारण ८ हजार ६५९ जनाको मृत्यु भइसकेको छ भने १ लाख ८२ हजार ५२५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्र ७५ जनाको मृत्यु भईसकेको छ भने २ हजार ३६९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यहाँ १ लाख ४४ हजार ६४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार इरानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या धेरै हुन स्क्ने बताइएको छ ।

वैज्ञानिकहरुले दाबी गरेका छन् कि, संसारका अन्य देशहरुमा पनि आँकडामा भन्दा धेरै संक्रमित हुन सक्छन्  । किनभने एसिम्प्टोम्याटिक केस अर्थात् बिना लक्षणका संक्रमितहरुलाई गनिएका छैनन् ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ७ : २४ बजे

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय

सडकपेटीमा व्यापार नगर्न नगरपालिकाको निर्देशन

गाईघाट– सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय गर्न त्रियुगा

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी