भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि, फेरि थपिए २७ हजारभन्दा बढी संक्रमित « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि, फेरि थपिए २७ हजारभन्दा बढी संक्रमित


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा चार दिनयता कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ ।

आइतबार बिहानसम्म ८ लाख ५० हजार ३५८ जनामा संक्रमण पुष्टि भएकोमा ४ दिनमा संक्रमित हुनेको संख्या मात्रै १ लाख ६ हजार ८५७ छ ।

बिहीबार २५ हजार ५७१ जनालाई संक्रमण भएकोमा शुक्रबार २५ हजार ८०३, शनिबार २७ हजार ७२८ तथा आज आइतबार २७ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो ।

यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २२ हजार ६८७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५४३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म संक्रमितमध्ये ५ लाख ३६ हजार २३१ संक्रमणमुक्त भएका छन् भने २ लाख ९१ हजार ४४० जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ६ : ०१ बजे

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन

भाले मयूरको नाच (तस्बिरहरू) 

काठमाडौँ– मयूरहरूको वार्षिक नृत्य ऋतु सुरु भएको छ । फेब्रुअरीदेखि

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट१२

अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव राष्ट्रसङ्घद्वारा पारित 

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित