ट्रम्प पहिलो पटक मास्क लगाएर सार्वजनिक कार्यक्रममा सरिक « Khabarhub

ट्रम्प पहिलो पटक मास्क लगाएर सार्वजनिक कार्यक्रममा सरिक


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  आफ्ना लागि मास्कको प्रयोग आवश्यक नभएको भन्दै चर्को विरोध गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः सार्वजनिक रुपमा मास्क लगाएका छन्।

कोरोना भाइरसको महामारी सुरु भएदेखि नै मास्कको विपक्षमा आफूलाई प्रस्तुत गर्दै आएका र अरुले देख्ने गरी मास्क नलगाउने बताएका ट्रम्पले औपचारिकतरूपमा सार्वजनिक कार्यक्रममा मास्क लगाएर प्रस्तुत भएका हुन् ।

वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड मिलिटरी हस्पिटलमा भेट्रानहरुसँगको भेटका लागि जाने क्रममा ट्रम्पले मास्क लगाएका हुन् ।

‘मलाई लाग्छ मास्क लगाउनु राम्रो कुरा हो, म कहिले पनि मास्कको विपक्षमा थिइनँ तर यसको पनि समय र स्थान हुन्छ भन्नेमा चाहिँ विश्वास गर्छु,’ मास्क लगाएर ह्वाइट हाउसबाट बाहिरिने क्रममा ट्रम्पले भने ।

यसअघि ट्रम्पले आफूले मास्क नलगाउने बताएका थिए । अझ पत्रकारले देख्ने गरी त मास्क लाउँदै नलाउने उनको भनाई रहँदै आएको थियो ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ६ : ४९ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित