मिर्गौला प्रत्यारोपणमा मेडिकल काउन्सिलका सदस्यसहित चार चिकित्सक पक्राउ « Khabarhub

मिर्गौला प्रत्यारोपणमा मेडिकल काउन्सिलका सदस्यसहित चार चिकित्सक पक्राउ


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अवैध ढंगले मिर्गौला प्रत्यारोपणमा संलग्न भएको आरोपमा नेपाल मेडिकल काउन्सिलका एक जना सदस्यसहित चार जना चिकित्सक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले चितवनको भरतपुरस्थित पुरानो चितवन मेडिकल कलेजका चार चिकित्सकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने चिकित्सकहरूमा राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी छन् । उनीहरु शनिबार साँझ पक्राउ परेका हुन् ।

कलेजका निर्देशक मनोहर प्रधानका अनुसार मिर्गौला प्रत्यारोपणको घटना एक वर्षअघिको हो । श्रेष्ठ कलेजका सिइओ तथा नेपाल मेडिकल काउन्सिलको सदस्य हुन् । श्रेष्ठ पक्राउ परेको बारे काउन्सिलले पनि अनौपचारिक जानकारी पाएको र औपचारिक जानकारी आएपछि आवश्यक निर्णय गर्ने स्रोतले जनाएको छ ।

मिर्गौला प्रत्यारोपणमा मतियार बनेको आरोपमा जिल्ला प्रशासन कार्यालयका एक कर्मचारी र एक जना अधिवक्ता पनि पक्राउ परेका छन् । ब्यूरोले यसबारे विस्तृत विवरण आइतबार पत्रकार सम्मेलनमार्फत दिने तयारी गरेको छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ६ : ५७ बजे

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन