स्ट्रेस बढ्यो ? घटाउन अपनाउनुहोस् यी ७ उपाय | Khabarhub Khabarhub

स्ट्रेस बढ्यो ? घटाउन अपनाउनुहोस् यी ७ उपाय


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कामको चाप, थकान र कहलले मानिसमा तनाव बढाउने गर्दछ । अझ गर्मी मौसममा जाडोको तुलनामा मानिसमा अत्यधिक तनाव हुने गर्दछ ।

गर्मीमा दिमागमा भएको कार्टिसोल नामक स्ट्रेस हर्मोनहरू चार्ज हुन्छन् र त्यसको आगो रिसका रूपमा बाहिर निस्कने गर्दछ । स्ट्रेसले मानिसको मनलाई अशान्त र अस्थिर बनाउँछ ।

यसले मानिसको शरीरलाई अस्वस्थ बनाउनुका साथै उसको कार्यक्षमता र मानसिक विकासमा पनि असर पार्दछ । तसर्थ गर्मी मौसममा स्ट्रेसलाई नियन्त्रण गर्नु पर्दछ । यसका लागी निम्न उपाय अपनाउन सकिन्छ ।

१. यदि तपाईमा स्ट्रेस बढेको महशुस भएमा नियन्त्रणका लागी डार्क चकलेटको सेवन लाभदायक हुन्छ । डार्क चकलेटको एउटा सानो टुक्रा मुखमा राख्नाले स्ट्रेस कम हुन्छ ।

२. भिटामिन बी १२ को कमीले पनि मानिसमा स्ट्रेसको स्तर बढ्ने गर्दछ । तसर्थ दूध, पनि र, दही र अण्डा लगायतका भिटामिन बी १२ पाउने खानेकुरा खानु पर्दछ ।

३. मकै, ओखर र रसबरीको सेवनले पनि स्ट्रेस कम हुन्छ । यी चीजमा ओमेगा–३ युक्त प्रोटिन र अमिनो एसिड हुने भएकाले यसले मूड सही बनाउँछ ।

४. दाल, सोयाबीन, ओटमील, सनफ्लावरका दानाले सेरोटोनिन हर्मोन बढाउन मद्दत गर्दछ । यसले मानिसलाई सकारात्मक बनाउन सहयोग गर्दछ ।

५. केरामा प्राकृतिक चिनी र पोटेसियम पर्याप्त मात्रामा पाइन्छ । यसको सेवनले चिन्ता कम गराउँनुका साथै मानिसलाई पौष्टिकताको पनि काम गर्दछ ।

६. बिहान उठेर केहिबेर घाममा बस्दा यसबाट भिटामिन डी पाउनुको साथै यसले अनावश्यक स्ट्रेसलाई विलिन गराउँछ ।

७. स्ट्रेस कम गर्न सबैभन्दा भरपर्दो विकल्प भने परिवारसँगको घुलमिल हो । परिवारसँग मिलेर घरभित्र लामो कुरा गर्ने, खेल खेल्ने, हास्ने, बच्चाहरुसँग रमाइलो खेल खेलेमा पनि चमत्कारिक रुपमा स्ट्रेस कम हुन्छ ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ८ : १९ बजे

दक्षिण कोरियामा भारी वर्षाका कारण १४ जनाको मृत्यु, १२ बेपत्ता

सियोल- दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको

सदस्यता ‘पेन्डिङ’मा राखेका ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई बोलाए च्यासल

काठमाडौं- एक वर्षअघि नै नवीकरण गरिसकेको संगठित सदस्यता पेन्डिङमा राखेको

बिरामी मोहन वैद्य भेट्ट घरमै पुगे प्रचण्ड

काठमाडौं- गत जेठदेखि गम्भीर बिरामी परेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका

खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहोस् घरमा मिठो पराठा

काठमाडौं– घरमा बाँकी खानाले अक्सर टाउको दुख्ने गर्छ । विशेष

इस्टर सन्डे बम विस्फोटमा श्रीलङ्काका शीर्ष प्रहरी बर्खास्त

कोलम्बो- श्रीलङ्काको स्वतन्त्र नियामकले सन् २०१९ को इस्टर सन्डे बम