एक महिनामा बाढीपहिरोसहितका विपदमा १०७ जनाको मृत्यु « Khabarhub

एक महिनामा बाढीपहिरोसहितका विपदमा १०७ जनाको मृत्यु


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मनसुन सुरू भएको एक महिनामा बाढीपहिरो, चट्याङ लगायतका विपद्का घटनामा १०७ जनाको मृत्यु भएको छ ।

गएको जुन १२ अर्थात जेठ ३० गते पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन लगातार सक्रिय रहँदा देशभर बाढी, पहिरो र चट्याङले मात्रै ९५ जनाको मृत्यु भएको छ ।

यस बाहेक ९ जनाको सर्पले डसेर मृत्यु भएको छ भने ३ जनाको आगोले जलेर मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सबैभन्दा धेरै पहिरोका कारण देशभर पछिल्लो एक महिनामा ७६ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३९ जनाको यसै साता गएका पहिरोमा मृत्यु भएको हो ।

यस्तै चट्याङ लागेर १७ जनाको मृत्यु भएको भने बाढीले बगाउँदा २ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एक महिनाभित्र पहिरोले देशभर २२९ परिवार प्रभावित भएका छन् भने बाढीले ८२ परिवार प्रभावित भएका छन् ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १० : २७ बजे

एम्पुटी रनवे नेपाल २०२६ सम्पन्न (तस्बिरहरू) 

काठमाडौं– निर्मला फाउन्डेसनको आयोजनामा ‘एम्पुटी रनवे नेपाल २०२६’ सम्पन्न भएको

रेकर्ड यात्रा सकेर घर फर्किए आर्टेमिस टोली

ह्युस्टन– मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर

युट्युबर पोख्रेल पक्राउमा जेन-जी मुभमेन्टको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं– युट्युबर रोशन पोख्रेल पक्राउको विषयलाई लिएर जेन-जी मुभमेन्ट नेपालले

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा