एक महिनामा बाढीपहिरोसहितका विपदमा १०७ जनाको मृत्यु | Khabarhub Khabarhub

एक महिनामा बाढीपहिरोसहितका विपदमा १०७ जनाको मृत्यु


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मनसुन सुरू भएको एक महिनामा बाढीपहिरो, चट्याङ लगायतका विपद्का घटनामा १०७ जनाको मृत्यु भएको छ ।

गएको जुन १२ अर्थात जेठ ३० गते पूर्वबाट नेपाल प्रवेश गरेको मनसुन लगातार सक्रिय रहँदा देशभर बाढी, पहिरो र चट्याङले मात्रै ९५ जनाको मृत्यु भएको छ ।

यस बाहेक ९ जनाको सर्पले डसेर मृत्यु भएको छ भने ३ जनाको आगोले जलेर मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सबैभन्दा धेरै पहिरोका कारण देशभर पछिल्लो एक महिनामा ७६ जनाको मृत्यु भएको छ । त्यसमध्ये ३९ जनाको यसै साता गएका पहिरोमा मृत्यु भएको हो ।

यस्तै चट्याङ लागेर १७ जनाको मृत्यु भएको भने बाढीले बगाउँदा २ जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एक महिनाभित्र पहिरोले देशभर २२९ परिवार प्रभावित भएका छन् भने बाढीले ८२ परिवार प्रभावित भएका छन् ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  १० : २७ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको