भारतमा एकैदिनमा २८ हजार ६३७ संक्रमित थपिए « Khabarhub

भारतमा एकैदिनमा २८ हजार ६३७ संक्रमित थपिए


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमितको संख्यामा भएको वृद्धि अहिलेसम्मकै उच्च देखिएको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २८ हजार ६३७ कोरोना संक्रमित थपिएका हुन् ।

भारतमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या करिब ८ लाख ५० हजार पुगेको छ । बैंग्लोरस्थित दक्षिणी प्रविधि हबमा एक साताको लकडाउन घोषणा गरिएको छ ।

माइक्रोसफ्ट, एप्पल र अमेजनको कार्याहरु रहेको प्रविधि हबमा आइतबार लकडाउन एकसाताका लागि बढाइएको हो । उक्त लकडाउन मंगलबारदेखि लागु हुनेछ ।

उच्च जोखिम रहेका अन्य केही क्षेत्रहरुमा समेत कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन जारी गरिएको छ ।

आइतबार ५५१ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना प्रकोप सुरु भएदेखि हालसम्म २२ हजार ६७४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

भारतमा सबैभन्दा बढी कोरोना संक्रमित राजधानी नयाँदिल्ली, मुम्बई, चेन्‍नई, बैंग्लोर र पुणेमा देखिएका छन् ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भारतमा रुसभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । हालसम्म सबैभन्दा बढी कोरोना संक्रमित संयुक्त राज्य अमेरिका र त्यसपछि ब्राजिलमा छन् ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ३ : ४६ बजे

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल फागुन ४ गते सोमबार फागुन

आज २०८२ साल फागुन ४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ४ गते सोमबार फागुन

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको