२४ मुलुकबाट २६ हजारभन्दा बढी नेपाली फर्किए | Khabarhub Khabarhub

२४ मुलुकबाट २६ हजारभन्दा बढी नेपाली फर्किए


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ वटा मुलुकबाट भएको चार्टर उडानमार्फत उनीहरु घर फर्किएका हुन् ।

यीमध्ये सबैभन्दा धेरै यूएईबाट ५ हजार ५२६, कुवेतबाट ५ हजार २४३, साउदी अरेबियाबाट ४ हजार ३०, मलेशियाबाट ३ हजार ५३ र कतारबाट २ हजार ८८४ स्वदेश फर्किएका छन् ।

प्रदेशगत हिसाबले सबैभन्दा बढी वाग्मती प्रदेशका ७ हजार ६६०, प्रदेश नं १ का ५ हजार ४७८, प्रदेश नं ५ का ४ हजार ३४१, प्रदेश नं २ का ४ हजार ३४४, गण्डकी प्रदेशका ३ हजार ३५०, सुदूरपश्चिम प्रदेशका ६३७ र कर्णाली प्रदेशका ५८६ जना नेपाल फर्किएका छन् ।

उद्धारका उडानका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्स तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर उडान गरेका थिए । गत जुन ५ मा जजीरा एयरले पहिलो चार्टर उडानमार्फत कुवेतबाट नेपाली ल्याएको थियो । यसपछि दुई जना नेपालीसहित विभिन्न मुलुकका एयरलाइन्सले चार्टर उडान गरी नेपाली स्वदेश ल्याएका हुन् ।

नेपाल एयरलाइन्सले जुन ११ देखि उद्धार उडान गरेको थियो । पछिल्लो पटक जुलाई १२ तारिखसम्मको उडान तालिका सार्वजनिक गरी धमाधम चार्टर उडान गरिरहेको छ । हिमालयले जुन १६ देखि जुलाई १२ सम्म उद्धारका लागि चार्टर उडान गरेको थियो ।

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । सिसिएमसीको निर्णयअनुरुप पहिलो चरणमा २५ हजार स्वदेश फर्काउने निर्णय गरेको थियो । अझै प्राथमिकतामा पर्ने धेरै नेपाली विदेशबाट फर्कनुपर्ने अवस्था भएकाले मन्त्रालयले थप उडानको तालिका निर्धाण गरेको छ ।

जुलाई २२ सम्म ४२ वटा उडान हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न मुलुकबाट गरिने उद्धार उडान जुलाई १२ सम्म निर्धारण गरेको थियो । यस बीचमा २६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए । मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको थप चार्टर उडान तालिका सार्वजनिक गरेको हो । यस अवधिमा ४२ वटा उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ वटा उडान हुनेछ ।

मन्त्रालयले बनाएको उडान तालिकाअनुसार उसले जुलाई १५ मा दुबईमा दुई वटा उडान गर्नेछ भने हिमालय एयरलाइन्सले आबुधाबीमा दुई वटा उडान गर्नेछ । जुलाई १६ मा नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाम र कतारको रियादमा तीन वटा तथा हिमालयले समान तीन वटा उडान गर्ने तालिका छ ।

त्यस्तै जुलाई १७ मा नेपाल एयरलाइन्सले कतारमा दुई वटा र हिमालयले बहराइनमा दुई वटा उडान गर्नेछन् । जुलाई १८ मा नेपाल एयरलाइन्सले दुबई र दोहामा चार वटा उडान गर्नेछ । सोही दिन हिमालयले आबुधाबीमा दुई वटा उडान गर्नेछ ।

त्यसैगरी जुलाई १९ मा मलेशिया गन्तव्यमा ती एयरलाइन्सले दुई/ दुई वटा उडान गर्नेछन् । यसैगरी जुलाई २० मा तीन-तीन वटा उडान गर्नेछन् । जुलाई २१ मा मलेशिया गन्तव्यमा दुई एयरलाइन्सले समान दुई वटा उडान गर्ने तालिका सार्वजनिक गरिएको छ ।

जुलाई १४ र १४ मा नेपाल एयरलाइन्सले संयुक्त राष्ट्रसंघको मिशनमा नेपाली सेना लैजानका लागि चार्टर उडान गर्नेछ भने सोही अवधिमा कोरियन एयरले दक्षिण कोरियाको सोलबाट चार्टर उडान गरी नेपाली ल्याउने बताइएको छ ।

सम्बन्धित मुलुकबाट एयर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एयरले दैनिक दुई वटा उडान गरी नेपाली स्वदेश फर्काउनेछ । सोही अवधिभर मालिन्दो एयरले पनि दैनिक दुई वटा उडान गर्नेछ ।

पर्यटन मन्त्रालयले जुलाई महिनामा विभिन्न मुलुकबाट गरिने उद्धार उडानका लागि नेपाल एयरलाइन्सलाई तीन वटा र हिमालयलाई दुई वटा उडान अनुमति दिएको थियो ।

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एयरलाइन्सले उडान तालिका बनाएर चार्टर उडान गरिरहेका हुन् ।

यी एयरलाइन्सले चीनका विभिन्न गन्तव्य, बंगलादेश, मलेशियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, यूएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर उडान गरिरहेका छन् ।

अन्तरराष्ट्रिय विमानस्थलमा अहिले दैनिक नौदेखि १६ वटा चार्टर उडान हुँदै आएका छन् । असार महीनामा धेरै संख्यामा उडान भएको विमानस्थलको विवरण छ । यही असार १२ गते एकै दिन १६ वटा अन्तरराष्ट्रिय उडान भएको थियो । यसअघि असार १० र ११ मा दैनिक १५ वटा उडान भए । शनिवार पनि एकै दिन १६ वटा अन्तरराष्ट्रिय उडान भएको थियो । रासस

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ४ : ५१ बजे

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज

सन्दीपले एकै ओभरमा लिए स्कटल्याण्डको दुई विकेट

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको खेलमा नेपालका

सामुदायिक रेडियोलाई सरकारले सिध्याउन खोज्यो : अकोराव

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

जी ७ को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री मोदी क्यानाडामा

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र जी ७ को सम्मेलनमा सहभागी हुन