सलहका दुई झुन्ड फेरि नेपाल प्रवेश « Khabarhub

सलहका दुई झुन्ड फेरि नेपाल प्रवेश


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार सलहका दुई वटा झुन्ड नेपाल प्रवेश गरेका छन् ।

सलह सूचना केन्द्रका प्रमुख एवं किट विज्ञ रामकृष्ण सुवेदीले आइतबार बिहान र दिउँसो गरेर दुई वटा झुन्ड नेपाल प्रवेश गरेको जानकारी दिएका हुन् ।

झुन्ड धेरै ठूलो नभएर एक/दुई लाखको संख्यामा रहेको सुवेदीले बताए ।

दिउँसो दाङको राप्ती गाउँपालिकामा सलहको झुन्ड देखिएको हो । यो झुन्ड भारतको बहराइच क्षेत्र हुँदै नेपाल प्रवेश गरेको केन्द्रले जनाएको छ ।

केन्द्रले प्रक्षेपण गरेको ठूला झुन्ड भने नेपाल प्रवेश गरेको छैन । यसअघि सलह सूचना केन्द्रले भारतको राजस्थानबाट उत्तरपूर्वतर्फ हावा बहन थालेपछि झुन्ड नेपाल प्रवेश गर्ने अनुमान गरेको थियो ।

दाङमा सलह प्रवेश गरेपछि राप्ती गाउँपालिकाले कृषकहरुलाई खबर गरेर सचेत हुन आग्रह गरेको छ । दाङमा फेरि सलह देखिएपछि किसान चिन्तित बनेका छन् ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ६ : ३५ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल