सार्वजनिक सवारी चलाउन व्यावसायीलाई मन्त्री नेम्वाङको आग्रह | Khabarhub Khabarhub

सार्वजनिक सवारी चलाउन व्यावसायीलाई मन्त्री नेम्वाङको आग्रह


२८ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न यातायात व्यावसायीहरुलाई आग्रह गरेका छन् ।

आइतबार विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका यातायात व्ययवसायीहरुसँग कुरा गर्दै मन्त्री नेम्वाङले विशेष परिस्थितिका कारण बन्द हुन पगेको अवस्थामा विभिन्न माग राखेर सवारी साधन सञ्चालन नगर्नु व्यवहारीक नभएकोले सञ्चालन गर्न आग्रह गरे ।

उनले आन्दोलनमा जस्तै माग राख्दै पुरा गर्न दवाव दिने र सम्झौता गरेर अगाडि जाने विषय नभएको स्पस्ट पारे ।

सबै क्षेत्रका व्यवसायीहरुलाई सरकारले समान व्यवहार गर्ने भएकाले अन्य क्षेत्र खोलिसक्दा पनि व्यवसायीहरुले माग राख्दै खोल्दीन भन्न नहुने नेम्वाङले बताए । उनले व्यमवसायीका सबै चाहनाहरु सरकारले पुरा गर्न सक्छ कि सक्दैन भन्ने कुरामा विचार गर्न समेत आग्रह गरे ।

यातायात व्यावसायीहरुले भने सवारी साधन सञ्चालन गर्ने सम्बन्धमा आफुहरुसँग कुनै छलफल नगरी निर्णय गरेको प्रति असन्तुष्टि जनाए ।

व्यावसायीहरुले यातायात सञ्चालन गर्न चालक र सहचालकले सुरक्षित नगर्दा सम्म समस्या हुने भएकाले आवश्यक स्वास्थ्य सामग्री सहित व्यावसायीहरुका समस्या सम्बोधन गर्न माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले सहयोग नगरे ग्यारेजबाट गाडी मर्मत गरी बाहिर निकाल्न सक्ने अवस्था नरहेको बताए ।

चालक र सहचालकले बिना सुरक्षा सवारी साधन सञ्चालन गर्दा कोरोना संक्रमण फैलन सक्ने र त्यसको अपजस व्यवसायीले लिनुपर्ने भएकाले सरकारको सहयोग बिना यातायात सञ्चालन गर्न नसकिने कर्माचार्यले बताए ।

व्यवसायीहरुले पुनरकर्जा कोषमा यातायात व्यवसायीको पहुँच हुनुपर्ने, कर्जाको पुर्नतालिकिकरण गर्नुपर्ने, बैंकको किस्ता भुक्तानीका लागि समय थप्नुपर्ने लगायतका माग राखेका थिए ।

प्रकाशित मिति : २८ असार २०७७, आइतबार  ९ : ११ बजे

रवि र छविको मुद्दामा आएन आदेश, मिसिल झिकाउने इजलासको निर्णय

काठमाडौं- उच्च अदालत तुलसीपुर बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

इजरायलद्वारा वेस्ट ब्यांकबाट २५ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बिहीबार वेस्ट ब्यांकबाट २५

एमालेसँग मिलेपछि गगनले सभापति देउवालाई भनेका थिए : कांग्रेस तपाईंको प्राइभेट कम्पनी हो ?

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँग सत्ता सहकार्य

निजी स्वास्थ्य संस्थाका बेथितिबारे स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं– राष्ट्रिय स्वतन्त्र स्वास्थ्यकर्मी संघ (युनिफिन) ले देशभरका निजी अस्पताल

स्काउटको जग्गामा जेन-जी स्मृति पोखरी निर्माणको माग

काठमाडौं– हामी नेपालका संयोजक सुदन गुरुङले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा