सेनाको टोलीद्वारा सम्मानका साथ कोरोना संक्रमितको शव व्यवस्थापन (फोटो फिचर) « Khabarhub

सेनाको टोलीद्वारा सम्मानका साथ कोरोना संक्रमितको शव व्यवस्थापन (फोटो फिचर)


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमणका कारण ज्यान गुमाएका धादिङका ३२ वर्षका एक पुरुषको नेपाली सेनाको टोलीले उच्च सम्मानका साथ बुधबार शव व्यवस्थापन गरेको छ ।

मंगलबार काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएका उनको नेपाली सेनाको तालिम प्राप्त टोलीले विषेश सावधानी अपनाउँदै पशुपतिको विद्युतीय शव दाह गृहमा शव व्यवस्थापन गरेको हो ।

कोभिड–१९ को शव व्यवस्थापनको निर्देशिकाअनुसार नेपाली सेनाले शवको व्यवस्थापन गर्ने गरेको छ ।

शव व्यवस्थापनमा नेपाली सेनाका चार जना खटिएका थिए । उनीहरुले शवलाई विद्युतीय शव दाह गृहमा जलाउनुपूर्व शवलाई स्यालुट गरेर उच्चसम्मान दिए । त्यसपछि शवलाई उचालेर विद्युतीय शवदाह गृहभित्र पुर्‍याइयो र शव व्यवस्थापन गरिएको थियो ।

शव व्यवस्थापनका केही तस्वीर-

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ९ : ३४ बजे

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका