सुरक्षा सतर्कता पालना नगर्ने २ हजारलाई कारबाही | Khabarhub Khabarhub

सुरक्षा सतर्कता पालना नगर्ने २ हजारलाई कारबाही


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- कोरोना सङ्क्रमणको समयमा सुरक्षा सतर्कता नअपनाई हिँड्ने र यात्रा गर्नेलाई चितवन प्रशासनले कडाइ गरेको छ ।

लकडाउन खुले पनि कोरोना भाइरस सङ्क्रमणको जोखिम उस्तै रहेको भन्दै प्रशासनले सुरक्षा सतर्कता नअपनाउने दुई हजार २०० जनालाई कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार यही साउन १७ गतेदेखि सोमबारसम्म उनीहरुलाई नियन्त्रणमा लिई कारबाही गरिएको हो ।

मास्क नलगाइ हिँड्ने तथा सवारी साधनमा यात्रा गर्नेलाई रु १०० देखि ५०० सम्म जरिवाना गरिएको उनले जानकारी दिए । मास्क नलगाई हिँड्ने व्यक्तिको हकमा रु १०० तथा विना मास्क सवारी चलाउने चालकलाई रु ५०० जरिवाना गरिएको छ ।

व्यक्तिको हकमा सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० अनुसार रु १०० जरिवाना गरिएको उनले बताए । सोही अनुसार उनीहरुबाट रु दुई लाख ३६ हजार राजश्व सङ्कलन भएको उनले बताए । जिल्ला प्रशासन कार्यालय चितवनले गरेको निर्णयानुसार नै जरिवाना गरिएको उनको भनाइ छ ।

लकडाउन खुकुलो भए पनि कोरोनाको सङ्क्रमण बढेपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला भित्रने नाकाहरुमा जाँचलाई कडाइ गरिएको छ भने पैदलयात्रीलाई स्क्रिनिङ गरेरमात्र पठाउने गरिएको उनले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ६ : १० बजे

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि कानुन

नेपाल-कतार संयुक्त वाणिज्य परिषद्‌ स्थापना

काठमाडौं – नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल-कतार संयुक्त

यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर भएको

‘हिमालयन हाइड्रो एक्स्पो-२०२४’ सुरु

काठमाडौं– काठमाडौँ–विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु

कतारका अमिर स्वदेश फिर्ता

काठमाडौं– मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी