संजय दत्तलाई फोक्सोको क्यान्सर, अहिले तेस्रो चरणमा « Khabarhub

संजय दत्तलाई फोक्सोको क्यान्सर, अहिले तेस्रो चरणमा


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड नायक संजय दत्तलाई भएको फोक्सोको क्यान्सर अहिले तेस्रो चरणमा पुगेको छ ।

केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । कोरोनाको आशंका गरिएका उनमा कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो ।

फोक्सो क्यान्सरको तेस्रो चरणमा रहेकाले अब उनको उपचार अमेरिकामा हुनेछ ।

भारतीय मिडियाका अनुसार, क्यान्सरको खबरले संजय स्तब्ध बनेका छन् । उनले तेस्रो स्टेजको क्यान्सरको उपचारका लागि केही समय अस्पतालमा बिताउनुपर्नेछ । उनी, आफू निको हुनेमा आशावादी छन् ।

उनको रिपोर्ट मंगलबार मात्र आएको हो । संजयको यो रिपोर्ट सार्वजनिक भएपछि सलमान खान, अमिताभ बच्चन, अभिषेक बच्चन लगायतका नायकले फोन गरेका थिए तर उनले फोन नउठाएको भारतीय मिडियामा उल्लेख छ ।

यो बर्ष बलिउडमा नायक ऋषि कपुर र इरफान खानको निधन क्यान्सर रोगकै कारण भएको थियो ।

संजयले मंगलबार दिउँसो सामाजिक संजालमा ट्विट गर्दै आफूले केही समयका लागि कामबाट ब्रेक लिन लागेको जानकारी दिएका थिए । उनले, आफ्नो साथमा आफ्नो परिवार रहेको भन्दै कुनै पनि खालको अड्कलवाजी नगर्न पनि फ्यानहरुसँग आग्रह गरेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ६ : ३७ बजे

‘एक्सरे मेसिन’ दुई महिनादेखि प्रयोगविहीन

गलेश्वर- पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे

सिस्नु खानुका फाइदा

काठमाडौं – के तपाईँलाई थाहा छ सिस्नुका अचुक फाइदाहरू ?

थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै

काठमाडौँ – प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपालले आज

प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने विधेयकले न्यायालय तरंगित

काठमाडौँ- प्रधानन्यायाधीशको मर्यादाक्रम घटाउने प्रस्तावसहितको विधेयकप्रति सर्वोच्च अदालतका न्यायाधीशहरूले चिन्ता

फिल्म क्षेत्रको अनुभव साट्न नायक श्रेष्ठले पोडकास्ट चलाउने

काठमाडौँ- नेपाली सिनेमाका सुपरस्टार शिव श्रेष्ठले ‘शिव दाइ’ नामको पोडकास्ट