पाल्पामा जीप दुर्घटना, २ जनाको मृत्यु « Khabarhub

पाल्पामा जीप दुर्घटना, २ जनाको मृत्यु


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पाको गल्धामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

निस्दी गाउँपालिकाको गल्धामा लु १ ज २८८७ नम्बरको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

दुर्घटनामा स्थानीय ६३ वर्षीय ठाकुरप्रसाद फाल र ३ महिने नाम नखुलेका बालकको घटनास्थलमै मृत्यु भएको छ। जीप सडकबाट सातसय मिटर तल खसेको प्रहरीले जनाएको छ।

मंगलबार राति दुर्घटना भएको जीपमा १० जना सवार थिए। घाइतेलाई उपचारका लागि सदरमुकाम तानसेन लगिएको छ। दुर्घटनापछि जीप चालक फरार भएका छन्।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ७ : ४७ बजे

आफ्ना सदस्यहरूको नाम कालोसूचीबाट हटाउन तालिबानको आग्रह

काठमाडौँ- अफगानिस्तानमा शासन चलाइरहेको तालिबान समूहले संयुक्त राष्ट्रसङ्घलाई आफ्ना सदस्यहरूको

यो ‘ग्लोबल क्राइसिस’ हो इन्ट्रेस्ट रेड सबैतिर बढेको छ’

नेपाली उद्यमी व्यावसायीहरु आर्थिक मन्दीलगायत बैङ्किङ समस्याबाट पीडित छन् ।

झापा र पर्साबाट लागुऔषधसहित २ जना पक्राउ

काठमाडौँ- झापा र पर्साबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको एआईजीमा ४ जना बढुवा सिफारिस, अब मन्त्रिपरिषद्‍ले निर्णय गर्ने

काठमाडौँ – गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीको रिक्त

अझै पक्राउ परेनन् सांसद महतो 

महोत्तरी –  गृह मन्त्रालयबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन सर्कुलर