नेपालले खेल्ने विश्वकप छनोटको खेल २०२१ सम्मका लागि स्थगित « Khabarhub

नेपालले खेल्ने विश्वकप छनोटको खेल २०२१ सम्मका लागि स्थगित


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर्गत संयुक्त छनोटका बाँकी खेल एक वर्ष पछि धकेलिएका छन् ।

फिफा र एसियन फुटबल महासंघ (एएफसी) ले अक्टोबर र नोभेम्बरमा हुने तय भएका विश्वकप छनोटका खेलहरु २०२१ सम्मका लागि स्थगित गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै एएफसीले फिफा र एएफसीले कोरोना भाइरसका कारण अक्टोबर र नोभेम्बरमा हुने तय भएका विश्वकप अन्तर्गतका एसियाली क्षेत्रका खेल २०२१ मा सारिएको जनाएको छ ।

स्वास्थ्यलाई मध्यनजर गर्दै फिफा एएफसीले यो निर्णय गरेको विज्ञप्तिमा भनिएको छ । कोरोनाले सिर्जना गरेको अवस्थाबारे फिफा र एएफसी मिलेर काम गर्ने र त्यसपछि मात्रै अर्को मिति तोकिनेछ ।

नेपालले विश्वकप छनोट अन्तर्गतका आफ्ना तीन खेल खेल्न बाँकी छ । चाइनीज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँगको घरेलु मैदानमा हुने खेल नेपालले खेल्न बाँकी छ ।

यसअघि मार्चमा हुने तय भएको विश्वकप छनोटको खेल कोरोना महामारीका कारण अक्टोबर र नोभेम्बरमा गर्ने तयारी फिफा र एएफसीले गरेका थिए । तर, कोरोना कहर कम नभएपछि यस क्षेत्रका खेल अब २०२१ सम्मका लागि स्थगित गरिएको छ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १२ : ४५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई