फेसबुकबाट इस्लामिक धर्मगुरूको अपमान गरेको भन्दै भारतको बेंगलुरूमा हिंसा, ३ जनाको मृत्यु « Khabarhub

फेसबुकबाट इस्लामिक धर्मगुरूको अपमान गरेको भन्दै भारतको बेंगलुरूमा हिंसा, ३ जनाको मृत्यु


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सामाजिक सञ्जाल फेसबुकबाट इस्लामिक धर्मगुरु पैगम्बर मोहम्मदको अपमान गरिएको भन्दै भारतको बेंगलुरूमा हिंसा भड्किएको छ ।

फेसबुकमा आपत्तिजनक सामग्री प्रेषित गरेको आरोप लागेका एक व्यक्ति पुलिकेशिनगरस्थित कांग्रेस विधायक अखण्ड श्रीनिवास मूर्तिका आफन्त भएको भन्दै मुस्लिम समुदायका व्यक्तिहरूले उनको घरअघि पनि प्रदर्शन गरेका थिए ।

त्यहाँ उनीहरूले सवारीसाधनमा आगजनी गर्दै प्रहरीमाथि पनि ढुंगा प्रहार गरेपछि प्रहरीले मंगलबार राति गोली चलाउँदा तीन जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रहरीले आरोप लागेका ती व्यक्ति र ११० प्रदर्शनकारीलाई पक्राउ गरेको छ। प्रदर्शनकारीहरूले एउटा प्रहरी चौकीमा पनि आक्रमण गरेका छन् ।

मङ्गलवार राति भएको घटनामा ६० जनाभन्दा बढी सुरक्षाकर्मीहरू घाइते भएको बेंगलुरूका आयुक्त कमल पन्तले बताएका छन्। हिंसा भड्किएपछि त्यहाँ कर्फ्यू आदेश जारी गरिएको थियो।

कर्णाटक राज्यका गृहमन्त्रीले उक्त घटनामा मानवीय क्षति भएको पुष्ट गरेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार फेसबुकबाट उक्त सामग्री मेटिएको छ।

 

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  २ : ५४ बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली