गोंगबु हत्या काण्ड : अनुसन्धानमा फेला परे नयाँ–नयाँ तथ्य « Khabarhub

गोंगबु हत्या काण्ड : अनुसन्धानमा फेला परे नयाँ–नयाँ तथ्य


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गोंगबुमा भएको कृष्णबहादुर बोहराको हत्या अभियोगमा चितवन कालिका नगरपालिका वडा नम्बर ७ बस्ने ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) पक्राउ परिन् ।

घटनामा कक्षा १० मा पढ्ने उनकी १५ वर्षीया छोरी पनि पक्राउ परिन् । उनीमाथि शव व्यवस्थापनमा सघाएको र घटना थाहा पाएर पनि प्रहरीमा खबर नगरेको भन्ने आरोप छ ।

गत आइतबार बिहान टोखा नगरपालिका–१० गोंगबुमा टाउको र शरीर छुट्याइएको अवस्थामा बोहोराको शव फेला परेको थियो । उक्त हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका अभियुक्तबाट प्रहरीले नयाँ-नयाँ तथ्य पत्ता लगाएको छ ।

महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार अहिले प्रहरीले पक्राउ परेका तथा नियमित सम्पर्कमा रहेका एम्बुलेन्स चालकलाई समेत घटनाको विषयमा केरकार गरिरहेको छ ।

एसएसपी ज्ञवाली भन्छन्, ‘अहिले कल्पनासँगै पक्राउ परेका एम्बुलेन्स चालकलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौं । कल्पनासँग नियमित सम्पर्क रहे पनि हत्याबारे थाहा नभएको र माइत लगिदिनु भनेपछि लिएर गएको चालकले बताएका छन् ।’

एसएसपी ज्ञवालीका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानबाट एम्बुलेन्स चालकको संलग्नता छ या छैन्न भन्ने विषयमा अझै पनि एकीन खुल्न सकेको छैन ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार कल्पनाको थुप्रै ट्याक्सी चालकहरुसँग पनि सम्बन्ध रहेको देखिएको छ । एक अनुसन्धान अधिकृत भन्छन्, ‘उनको केही ट्याक्सी चालकहरुसँग पनि नियमित जसो सम्पर्क देखिएको छ, त्यसैले हामीले घटनाको अनुसन्धान त्यता पनि मोडेका छौं ।’

यसलाई हेर्दा बोहराको हत्यामा कल्पना एक्लैमात्र नभएर अरुको पनि संलग्नता हुनसक्ने भन्दै त्यसर्फ अनुसन्धान थालिएको छ ।

ती अनुसन्धान अधिकारीका अनुसार कल्पनाको अन्य ट्याक्सी चालकहरुसँग पनि सम्बन्ध रहेको र उनीहरूसँग भएका बेला कृष्णबहादुर कल्पनाको कोठामा गई छोरीमाथि दुर्व्यवहार गरेकोसमेत बुझिएको छ ।

कल्पना र कृष्णबहादुरबीच तीन वर्षदेखि सम्बन्ध

परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार कल्पना र कृष्णबहादुरबीच तीन वर्षदेखिको चिरपरिचित थिए । उनले भने, ‘कृष्णबहादुर समयसमयमा कल्पनाको कोठामा आउजाउ गर्थे ।’

कृष्णबहादुर र कल्पनाबीच लेनदेनसम्बन्धी कागजात पनि फेला परेकाले कृष्णबहादुरको हत्या भवितव्य नभई योजनाबद्ध भएको प्रहरीको ठम्याइ छ ।

अनुसन्धान अधिकारीहरुका अनुसार कल्पनाले पैसा तिर्न ढिलाइ गरी छोरीमाथि बलात्कार प्रयास गरेको भनी मुद्दा हाल्ने धम्की पनि दिने गरेको खुलेको छ ।

केही टेली सिरियलमा समेत अभिनय गरेकी कल्पनाको काठमाडौंमा कुनै रोजगारी थिएन । अनुसन्धान अनुसार उनका श्रीमानले पनि दुई वर्षअघि देखि पैसा पठाउन छाडेका थिए ।

श्रीमानसँग उनको पछिल्लो समय सम्पर्कसमेत हुन छोडेको थियो । उनले डेरा भाडासमेत एक वर्षदेखि तिरेकी थिइनन् । अनुसन्धान अधिकारीहरुले बोहराको हत्यामा यौन हिंसा मात्र नभई लेनदेन लगायतका अन्य विषय पनि जोडिएकाले सोहीअनुरूपको  अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ३ : ४० बजे

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौं– संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका