आज ४८४ कोरोना संक्रमित थपिए, ६४ डिस्चार्ज (विवरणसहित) | Khabarhub Khabarhub

आज ४८४ कोरोना संक्रमित थपिए, ६४ डिस्चार्ज (विवरणसहित)

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुग्यो


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधबार थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ छ भने क्वारेन्टाइनमा रहेकाहरुको संख्या १४ हजार ८४६ रहेको छ ।

कहाँ कति थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १०९, ललितपुरका २१, भक्तपुरका ८, झापाका १०, मोरङका ४८, रौतहटका २४, सुनसरीका १५, इलामका १, ताप्लेजुङका १, सप्तरीका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी सिरहाका १०, धनुषाका ३९, महोत्तरीका ४४, गोर्खाका २, नुवाकोटका २, सर्लाहीका ६, बैतडीका २, चितवनका १५, तनहुँका २, बाराका १५, मकवानपुरका १६, दोलखाका २, काभ्रेका ५, कैलालीका ३ र पर्साका ३ जनामा कोरोना पुष्टि छ।

यस्तै सिन्धुलीका २, बाँकेका १, दाङका १, ओखलढुङ्गाका १, रामेछापका १, जाजरकोटका १, कपिलवस्तुका १, खोटाङका १, पाल्पाका १, धादिङका २ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी कास्कीका १३, स्याङ्जाका ६, अर्घाखाँचीका ३, रुपन्देहीका ८, रुकुमका ३, सल्यानका १, सुर्खेतका १८, दैलेखका ४, डोटीका २, दार्चुलाका ५ र कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

सक्रिय संक्रमित कुन प्रदेशमा कति ?

प्रदेश नं १ मा ६ सय १४ जना

प्रदेश नं २ मा ३ हजार ४ सय ५७ जना

बाग्मती प्रदेशमा १ हजार ५ सय २४ जना

गण्डकी प्रदेशमा २ सय ४७ जना

प्रदेश नं ५ मा ६ सय ५७ जना

कर्णाली प्रदेशमा २ सय २० जना

सुदूरपश्चिम प्रदेशमा ८ सय ९४ जना

२४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ७२८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। हालसम्म ६८.४ प्रतिशत उपचारपछि निको भएर घर फर्किएका छन् ।

हालसम्म डिस्चार्ज हुनेहरुको संख्या

प्रदेश १ – १०४५

प्रदेश २ – ३४१७

वागमती प्रदेश – ६२५

गण्डकी प्रदेश – १४८७

प्रदेश ५ – ४१९४

कर्णाली प्रदेश – १९०२

सुदुरपश्चिम प्रदेश – ४०५८

मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८३ पुगेको थियो । आज थप ८ जनाको मृत्यु पुष्टि भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ९१ पुगेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ५ : ५१ बजे

धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

नेपालगन्ज– धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पुरा गर्न सफल

अझै सम्बोधन भएन एम्बुलेन्स चालकको माग

चितवन– संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालले राख्दै आएको माग अझै

रास्वपाको उम्मेदवार हुन विवाहको वैधानिकता खुलाउनुपर्ने, कसैलाई गाली गरेको भेटिए अयोग्य ठहरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक

सञ्चारमन्त्री भन्छन्- दुःख र सङ्घर्षमा खुसी हुन सकियो भने जीवनभरका धेरै समय दुःख हुँदैन 

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मानिसले आफ्नो जीवनमा

हङकङ इन्टरनेशनल सिक्सेस : नेपाल युएईसँग पराजित

काठमाडौं– हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा