पत्रकार बानियाँको निधनको छानविन गर्न पत्रकार महासंघको माग « Khabarhub

पत्रकार बानियाँको निधनको छानविन गर्न पत्रकार महासंघको माग


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासंघले पत्रकार बलराम बानियाँको रहस्यमय ढङ्गले निधन भएको भन्दै निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टको हस्ताक्षमा बुधबार जारी विज्ञप्तिमा नेपाल पत्रकार महासंघका पूर्वसचिव बानियाँको दुःखद् निधनले महासंघ स्तब्ध भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछ ।’

महासंघले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना र स्वर्गीय बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारका पक्षमा पुर्‍याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै महासंघ दिवंगत बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ ।’

तनहुँ स्थायी घर भएका पत्रकार बानियाँ साढे दुई दशकदेखि पत्रकारितामा थिए । उनी हाल कान्तिपुर दैनिकमा कार्यरत थिए । उनले नागरिक दैनिकमा पनि काम गरेका थिए ।

बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन् ।

सोमबार अपराह्न काठमाडौंको बल्खु क्षेत्रमा बागमती किनारमा हिँडिरेको एक व्यक्ति खोलामा परेको र प्रत्यक्षदर्शीले बचाउन खोज्दा असफल भएको प्रहरीले जनाएको छ । त्यहाँ हिलोमा भेटिएको एउटा जुत्ता बानियाँकै भएको पनि प्रहरीको भनाइ छ ।

सोमबार बिहानदेखि सम्पर्कविहीन भएका बानियाँको शव मंगलबार सिस्नेरीमा वागमती किनारमा भेटिएको थियो । प्रहरीका अनुसार शवको पहिचान भने बुधबार मात्रै भएको हो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ५ : ४५ बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन