कोरोना रोकथामका लागि महाकाली नगरपालिकाको अढाई करोड खर्च « Khabarhub

कोरोना रोकथामका लागि महाकाली नगरपालिकाको अढाई करोड खर्च


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – महाकाली नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि अढाई करोड खर्च भएको छ ।

महाकालीमा दुई करोड ४० लाख ७७ हजार रकम खर्च गरिएको हो । महाकाली नगरपालिकामा सबैभन्दा बढी राहत वितरणमा खर्च भएको देखिएको छ ।

कार्यालयले सार्वजनिक गरेको खर्च विवरणअनुसार राहतमा रु ४३ लाख २७ हजार खर्च भएको छ । सार्वजनिक खर्चअनुसार क्वारेन्टिन निर्माणमा रु ३४ लाख १० हजार, क्वारेन्टिन सामग्रीमा १३ लाख २१ हजार, क्वारेन्टिन खानामा सात लाख, आइसोलेसन निर्माण तयारी सात लाख ८७ हजार खर्च गरिएको छ ।

यसैगरी आइसोलेसन व्यवस्थापनमा रु १४ लाख, आइसोलेसन खानामा २३ लाख, औषधिमा सात लाख ४१ हजार, औषधिजन्य सामग्रीमा ३० लाख ५६ हजार, स्वास्थ्य उपकरण चार लाख ५९ हजार, जोखिम भत्ता १३ लाख ८५ हजार, यातायात खर्च पाँच लाख २५ हजार र ३० लाख अन्य खर्च गरिएको छ ।

महाकाली नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिजालीले कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकामा रोकथामका लागि कार्यक्रम सञ्चालन गरिएको बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ७ : २५ बजे

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन