च्याम्पियन्स लिगमा क्वाटर फाइनलमा पीएसजी र एटलान्टा खेल्दै « Khabarhub

च्याम्पियन्स लिगमा क्वाटर फाइनलमा पीएसजी र एटलान्टा खेल्दै


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा आज फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इटालियन क्लब एटलान्टाबीच प्रतिस्पर्धा हुदैछ ।

लिग वान च्याम्पियन पीएसजी र एटलान्टाबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे पोर्चुगलको लिस्बनमा हुनेछ ।

स्टाडियो डा लुज रंगशालामा हुने पहिलो क्वाटरफाइनलमा दुवै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टिम यस सिजन सेमिफाइनलमा पुग्ने पहिलो टिम बन्न चाहन्छ ।

पीएसजीले यस सिजन फ्रान्सको लिग वानसहित महत्वपूर्ण तीन उपाधि जितेको छ । त्यसैले थोमस टुचेलले टिम पीएसजी उच्च मनोबलमा हुनेछ ।

कोरोनाको कारण लिग रद्द भएपछि पीएसजीले पर्याप्त मात्रामा तयारीको अवसर समेत पाएको छ । यस्तै स्टार फरवार्ड नेयमारको लयको कारण पनि पीएसजी बलियो देखिएको छ ।

पीएसजी सन् २०१६ को सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो । एटलान्टाले भने पहिलोपटक क्वाटरफाइनलमा पुगेको हो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ७ : ४० बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई