'स्विफ्ट टटल’ पुच्छ्रे ताराका कारण आज रातिदेखि उल्का वर्षा | Khabarhub Khabarhub

‘स्विफ्ट टटल’ पुच्छ्रे ताराका कारण आज रातिदेखि उल्का वर्षा


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘स्विफ्ट टटल’ नामक पुच्छ्रे ताराका कारण हुने उल्का वर्षा आज रातिदेखि हुने भएको छ ।

यो उल्का वर्षा बिहीबार बिहानसम्म अत्यधिक मात्रामा देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । उल्का वर्षाको स्रोत ययाति (पर्सियस) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘पर्सिड मिटियर सावर’ नाम दिइएको पनि उनले जानकारी दिए ।

‘स्विफ्ट टटल’ ले सूर्यको एकपटक परिक्रमा गर्न १३३ वर्ष लगाउँछ । ‘स्विफ्ट टटल’ अहिले पृथ्वीको नजीक छैन । तर, यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजीक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्छ ।

‘जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रे तारा उक्त कक्षको नजीक आइपुग्छ, तब ती धुलोका कण  र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्, यसैलाई उल्का वर्षा भनिन्छ, उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ’,इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनको नेपाल प्रतिनिधिसमेत रहेका अध्यक्ष भट्टराईले भने ।

उल्का वर्षा स्थानीय समयअनुसार आज राति साढे १० बजेदेखि बिहीबार बिहान ५ बजेसम्म देख्न सकिने जनाइएको छ ।

अत्याधिक मात्रामा भने बिहीबार बिहान ३ देखि ४ बजेसम्म देख्न सकिनेछ । यस वर्ष त्यसबेला प्रतिघण्टा १५० वटासम्म उल्का वर्षा देख्न सकिने अनुमान गरिएको छ ।

ती उल्का वर्षाको गति प्रतिसेकेन्ड ६० किमीसम्म हुने भएकाले करीब ७० किमीमाथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिन्छ ।

यस वर्ष जुलाई १७ देखि अगस्ट २६ तारिखसम्म सक्रिय उल्का वर्षा हुनेछ । अत्यधिक उल्का वर्षा हुने अगस्ट १२ रातिदेखि अगस्ट १३ बिहानी सम्मको समयमा नाङ्गो आँखाले नै उत्तरपूर्वी आकाशमा हेरेर अवलोकनकर्ताले मनोरञ्जन लिन सक्नेछन् । यसका लागि आफू रहेको स्थानको आकाश खुल्ला र सफा रहनुपर्छ ।

के हो स्विफ्ट टटल?

स्विफ्ट टटल सन् १८६२ जुलाईमा अमेरिकन खगोलविद्द्वय लेविस स्विफ्ट  (१८२०–१९१३) र होरस टटल (१८३८–१९३३) द्वारा पत्ता लगाइएको पुच्छ्रे तारा हो ।

सन् १९९२ म सूर्यको नजीक आएको यो पुच्छ्रे तारा अब सन् २१२५ मा मात्र नजीक आउने सोसाइटीले जनाएको छ । हाल यो पुच्छ्रे तारा पृथ्वीको नजीक छैन । यसले आफ्नो कक्षमा छोडेका चट्टान र धुलोका कणहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले प्रवेश गर्दा घर्षण भई जल्दछन् । यसलाई उल्का वर्षा भनिएको हो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ८ : १८ बजे

आईपीएल खेलेका साउथ अफ्रिकन अनुहार, जसले खेल्दैछन् दोस्रो सिजनको एनपीएल

काठमाडौं – विश्वकै ध्यान खिच्न सफल इन्डियन प्रिमियर लिग (आईपीएल)

नयाँ दलहरूलाई शिक्षामन्त्रीको सुझाव– ‘फुटेर नभइ जुटेर मात्र शक्तिशाली भइन्छ’ 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले संसारमा फुटेर

विश्वकप छनोट : नर्वेसँग इटालीको लस्जास्पद हार

काठमाडौं – विश्वकप छनोटमा नर्वेले इटालीलाई हराएको छ। गएराति भएको

झापाको सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक

झापा– पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा

एनपीएल उद्घाटन : काठमाडौं र जनकपुरको भिडन्त, कुन टिम कति बलियो ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज उद्घाटन