साउन १ देखि ललितपुरमा घरमै डाक्टर, नर्स र औषधिसहितको स्वास्थ्य सेवा « Khabarhub

साउन १ देखि ललितपुरमा घरमै डाक्टर, नर्स र औषधिसहितको स्वास्थ्य सेवा


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बर ११३१ मा फोन गरेपछि एम्बुलेन्स, डाक्टर, नर्स तथा आवश्यक औषधिसहितको स्वास्थ्य टोली बिरामीको घरमै पुग्ने व्यवस्था गरिएको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य टोलीले घरमै पुगेर बिरामीको आवश्यक स्वास्थ्य परीक्षण, परामर्श तथा प्राथमिक उपचार गर्नेछ। घरमै उपचार सम्भव नभएको अवस्थामा मात्रै बिरामीलाई सम्बन्धित अस्पतालमा रेफर गरिनेछ ।

महर्जनले भने, ‘कसैको घरमा बिरामी पर्दा हटलाइन नम्बर ११३१ मा फोन गर्नेबित्तिकै डाक्टर, नर्स र आवश्यक मेडिकल उपकरणसहितको टोली घरमै पुगेर उपचार सेवा दिन्छ। घरमै उपचार सम्भव नभएपछि मात्रै अन्य अस्पतालमा पठाइने व्यवस्था गरिएको छ ।’

महानगरले यस सेवामार्फत नागरिकलाई सहज, छिटो र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरेको छ ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ५ : २४ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस