सपिङ मल तथा होटेलका कर्मचारीले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्नू : स्वास्थ्य मन्त्रालय « Khabarhub

सपिङ मल तथा होटेलका कर्मचारीले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्नू : स्वास्थ्य मन्त्रालय


२८ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड हुने विभिन्न उद्योग तथा व्यवसायका कर्मचारीलाई आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न अनुरोध गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले सपिङ मल, रेष्टुरेन्ट, होटेल आदि उद्योग तथा व्यवसायमा संलग्न हुने कर्मचारीहरुलाई आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न अनुरोध गरेको हो ।

यस्ता उद्योग तथा व्यवसायमा संलग्न हुनेहरु धेरै व्यक्तिको सम्पर्कमा आउने र कोरोनाको जोखिम बढी हुने सम्भावना रहेको हुँदा सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “नेपालका घनाबस्ती भएका जिल्लाहरुका विभन्न शहरहरुमा कोभिड-१९ को संक्रमण बढ्दै गएको पछिल्लो अवस्थामा विभिन्न सपिङ मल, रेष्टुरेन्ट, होटेल आदि उद्योग, व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुने अवस्था रहेको हुँदा यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीहरुको सम्बन्धित उद्योग व्यवसायीहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्ने व्यवस्था गर्न अनुरोध गरिन्छ ।”

मन्त्रालयले कोरोना नेगेटिभ भएकालाई मात्रै कामकाजमा खटाउने व्यवस्था गर्न / गराउन समेत अनुरोध गरेकाो छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  १० : ३१ बजे

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)

‘आदिवासी जनजाति महिलाको सशक्त सहभागिता बिना समावेशी विकास असम्भव’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आदिवासी जनजाति

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका