नेपालमा थपिए १२०१ कोरोना संक्रमित « Khabarhub

नेपालमा थपिए १२०१ कोरोना संक्रमित


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ थियो ।

पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३७ हजार ५२४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शुक्रबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३६ हजार ६७२ थियो ।

मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२२ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ ।

 

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ४ : २५ बजे

यस्तो छ आजका लागि तरबारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर – यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै : यस्तो छ निर्वाचन तालिका

काठमाडौँ– नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि शुक्रबार निर्वाचन

हर्मुज जलडमरूमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा अमेरिकाको पूर्ण नियन्त्रण

महेश–धापुङ–ताराखोला सडक निर्माण

म्याग्दी– महेश–धापुङ–ताराखोला सडक निर्माण सम्पन्न भएको छ । जिल्ला पूर्वाधार