इंग्ल्यान्ड अष्ट्रेलियासँग पराजित | Khabarhub Khabarhub

इंग्ल्यान्ड अष्ट्रेलियासँग पराजित


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – मध्यक्रमका ब्याट्म्यान साम विलिंग्सको उत्कृष्ट शतकको बाबजुद इंग्ल्यान्ड अष्ट्रेलियासँगको पहिलो ओडीआई खेलमा १९ रनले पराजित भएको छ । योसँगै तीन ओडीआई सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

जितका लागि २ सय ९५ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्ड निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ७५ रनमा समेटियो । इंग्ल्यान्डका साम विलिंग्सले १ सय १० बलमा १४ चौका र २ छक्का सहित १ सय १८ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् । यो उनको करिअरको पहिलो ओडीआई शतक हो । विलिंग्सलाई अन्तिम बलमा मिचेल मार्शले डेभिड वार्नरको हातबाट आउट गरे ।

त्यस्तै ओपनर जोनी बेयरस्टोले १ सय ७ बलमा ४ चौका र ४ छक्का सहित ८४ रनको योगदान दिए । बेयरस्टोलाई ३६ औं ओभरको दोस्रो बलमा एडम जाम्पाले जोश हेजलवुडबाट क्याच आउट गराए । यी दुई ब्याट्सम्यान बाहेक अन्यको प्रर्दशन सम्झन लायक रहेन । पाँचौ विकेटका लागि बेयरस्टो र विलिंग्सले १ सय १३ रनको शतकीय साझेदारी गर्दै टोलीलाई खेलमा फर्काउन खोजेका थिए ।

चौथो ओभरको पाँचौ बलमा हेजलवुड आफ्नो बलमा आफैं एक हातले उत्कृष्ट क्याच लिदैं ओपनर जेसन रोयलाई ३ रनमा पेभिलिएन फर्काए । आठौं ओभरको पहिलो बलमा जो रुटलाई हेजलवुडलेनै विकेटकिपर एलेक्स केरीबाट १ रनमा क्याच आउट गराउँदै दबाबमा राखे । १५ औं ओभरको पाँचौ बलमा कप्तान ओईन मोर्गनलाई जाम्पाले ग्लेन म्याक्सवेलबाट २३ रनमा क्याच आउट गराउँदा इंग्ल्यान्ड ५५–३ को अवस्थामा पुगेको थियो ।

मोर्गनले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे । जाम्पाले १७ औं ओभरको पहिलो बलमा जस बटलरलाई १ रनमा मार्नस लाबुसेनको हातबाट बल समाएपछि अष्ट्रेलियाले जितको आधार तय गरेको थियो । मोईन अली ६, क्रिस वोक्स १० र आदिल राशिद ५ रनमा आउट भए । जोफ्रा आर्चर ८ रनमा अविजित रहे ।

अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले १० ओभरमा ५५ रन खर्चेर ४ विकेट लिए । तीव्र गतिका बलर जोश हेजलवुडले १० ओभरमा ३ मेडन राख्दै २६ रन खर्चेर ३ महत्वपूर्ण विकेट हात पारे । हेजलवुडनै खेलको ‘प्लेयर अफ द म्याच’ चुनिए । प्याट कमिन्स र मिचेल मार्शको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९४ रन बनाएको थियो । अष्ट्रेलियाका आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले तल्लोक्रममा ५९ बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ७७ रनको योगदान दिए । जोफ्रा आर्चरले ४४ औं ओभरको तेस्रो बलमा बोल्ड आउट गर्दै म्याक्सवेललाई शतक सम्म पुग्न दिएनन् ।

मिचेल मार्शले ७३ रनको महत्पूर्ण योगदान दिए । ४७ औं ओभरको अन्तिम बलमा मार्क वुडले एलबिडब्लू आउट गर्नुअघि मार्शले एक सय बलमा ६ चौका प्रहार गरे । खराब सुरुवात गरेको अष्ट्रेलियालाई छैटौं विकेटका लागि मार्श र म्याक्सवेलले १ सय २६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए ।

ओपनर डेभिड वार्नरलाई चौथो ओभरको पहिलो बलमा जोफ्रा आर्चरले ६ रनमा बोल्ड आउट गरे । दशौं ओभरको पहिलो बलमा मार्क वुडले विकेटकिपर जस बटलरबाट कप्तान आरोन फिन्चलाई १६ रनमा क्याच गराए । फिन्चले २५ बलमा ३ चौका प्रहार गरे । टोलीका प्रमुख ब्याट्सम्यान स्टिभ स्मिथ विहिबार अभ्यासको क्रममा घाइते भएपछि यस खेलमा टोलीमा छैनन् । त्यसैले तेस्रो नम्बरमा अष्ट्रेलियाले मार्कस स्टोइनिसलाई मैदान उतारेको थियो ।

स्टोइनिस र मार्नस लाबुसेनले तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाउन खोजेका थिए । तर वुडको बलमा कट निकाल्ने प्रयासमा स्टोइनिस बटलरबाट ४३ रनमा समातिन पुगेपछि अष्ट्रेलिया १५।२ ओभरमा ८०–३ को अवस्थामा पुगेको थियो । स्टोइनिसले ३४ बलमा ६ चौका प्रहार गरे ।

२० औं ओभरको दोस्रो बलमा लाबुसेनलाई स्पिनर आदिल राशिदले २१ रनमा एलबिडब्लू आउट गरे । लाबुसेनले ३० बलमा एक चौका प्रहार गरेका थिए । राशिदको एलेक्स केरी २४ औं ओभरको चौथो बलमा टप एज लागेर १० रनमा साम विलिंग्सबाट क्याच हुन पुगेपछि अष्ट्रेलिया १२३–५ को कम्जोर अवस्थामा पुगेको थियो ।

तर म्याक्सवेल र मार्शले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई बलियो योगफलमा पुर्याएका थिए । प्याट कमिन्सलाई आर्चरले ९ रनमा क्याच आउट गराए । मिचेल स्टार्क १२ बलमा १ चौका र १ छक्का सहित १९ रनमा अविजित रहे । एडम जाम्पा ५ रनमा आउट भए ।

इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले १० ओभरमा ५७ रन खर्चेर ३ विकेट लिए । स्पिनर आदिल राशिदले १० ओभरमा ५५ रन खर्चेर २ विकेट लिए । मार्क वुडले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । क्रिक्स वोक्सले एक विकेट लिए । दोस्रो खेल आइतबार र तेस्रो तथा अन्तिम खेल बुधबार हुने छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ६ : ४५ बजे

सांसाद बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेद्वारा पार्टीमा उजुरी 

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली काँग्रेसका

श्रीलंकामा वाम गठबन्धनको शानदार जित

एजेन्सी–श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा

गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु

गण्डकी– गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको

हिमालयन पावरले हकप्रद शेयर जारी गर्ने 

काठमाडौं– हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको