केरा खेतीमा खपटे घुन र गबारोको प्रकोप « Khabarhub

केरा खेतीमा खपटे घुन र गबारोको प्रकोप


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा खपटे घुन र गवाँरो रोगको प्रकोप देखिएको छ । जिल्लाको बेनी नगरपालिका २ खबरा, बगरफाँटका साथै मङ्गला र मालिका गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित भएका छन् ।

केरा गाउँको रुपमा परिचय बनाएको बेनी नगरपालिका २ खबरा गाउँमा खपटे घुनले सयौं रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् । केरा खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका सोवित शर्मा केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित छन् ।

उनले सात रोपनीमा केरा खेती गर्नुभएको छ । खपटे घुनले पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा सङ्कटमा परेको शर्माले बताए । यहाँको सिङ्गो गाउँका कृषक केरा खेतीमा संलग्न छन् । शुरुआतमा सामान्य देखिएपनि केही समय पछि भने खेतीमा ठुलो क्षति पुर्‍याएको उनको भनाइ छ ।

हजारी जातको केरा खेतीबाट वार्षिक तीन लाख रुपैयाँ आम्दानी हुँदै आएकोमा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको छ । उनले भने, “झ्याङ भएको केरामा किरा र रोग लागेपछि शुरूमा पात सुक्दै जान्छ । त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ ।” उपचारका लागि बोट वरिपरी काँटछाँट, सफाई गर्ने र कृषि प्राविधिकको सिफारिसमा किटनाशक औषधि छर्कदै आएको कृषक शर्माले जानकारी दिए ।

रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केराखेती गर्दै आएका अर्का कृषक हिरा कुवँरले गुनासो गरे । “लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन शुरू गरेको केराको पात सुकेर बोट मर्न थाल्छ”, उनले भने ।

बेनी नगरपालिकासँगै जिल्लाका मालिका, अन्नपुर्ण, रघुगङ्गा र मङ्गला गाउँपालिकाका किसानले व्यावसायीक केरा खेती गर्दै आएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ८ : ४३ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल