वास्तुअनुसार घरमा कुन सामान कहाँ राख्ने ? « Khabarhub

वास्तुअनुसार घरमा कुन सामान कहाँ राख्ने ?


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

वास्तुमा १० दिशा अर्थात पूर्व, पश्चिम, उत्तर, दक्षिण, ईशान (उत्तर पूर्व), नैऋत्य (दक्षिण पश्चिम), वायव्य (उत्तर पश्चिम), आग्नेय (दक्षिण पूर्व), आकाश (उर्ध्व), पाताल (अधो) को आफ्नै महत्व हुने गर्दछ ।

वास्त्रुशास्त्रका नियमले घर, अफिस र व्यापारिक अनुष्ठानमा आउने नकारात्मक ऊर्जा भगाउन सकिन्छ । कुन दिशामा कुन वस्तु हुनुपर्दछ यसबारे समेत वास्तुका नियमले स्पष्ट गर्दछ ।

कतिपय अवस्थामा वास्तु नियमको जानकारी भएर पनि हामी नकारात्मक ऊर्जाबाट घेरीएका हुने गर्दछौ । जसले हाम्रो जीवनको सफलता रोक्ने गर्दछ । त्यसैले वास्तुका यी नियम पालना गर्नुपर्दछ ।

१. पूर्व दिशाका स्वामी सूर्य देव हुन् । तसर्थ यस दिशामा घरको मुख्यद्वार हुनु पर्दछ ।
२. पश्चिम दिशाको देवता वरूण र ग्रह स्वामी शनि हो । यस दिशामा मुख्यद्वार हुनु हुदैन ।
३. उत्तर दिशाका देवता कुबेर हुन्, यस दिशामा घरको मुख्यधन राख्ने दराज हुनु पर्दछ ।
४. दक्षिण दिशामा घरको भारी वजनका सामान राख्नु पर्दछ ।
५. ईशान कोण अत्यन्त शुभ मानिन्छ । त्यसैले यस स्थानमा घरको मन्दिर हुनु पर्दछ ।
६. आग्नेय कोण अग्नि देवको स्थान हो । यस दिशामा घरको भान्सा हुनु पर्दछ ।
७. वायव्य कोण वायु देवको स्थान हो । यस दिशामा झ्याल, भेन्टिलेटर हुनु पर्दछ ।
८. नैऋत्य कोण पृथ्वी तत्वको स्थान हो यस दिशामा दराज, सोफा, मेच राख्नु पर्दछ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  १० : ०२ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न