वास्तुअनुसार घरमा कुन सामान कहाँ राख्ने ? « Khabarhub

वास्तुअनुसार घरमा कुन सामान कहाँ राख्ने ?


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

वास्तुमा १० दिशा अर्थात पूर्व, पश्चिम, उत्तर, दक्षिण, ईशान (उत्तर पूर्व), नैऋत्य (दक्षिण पश्चिम), वायव्य (उत्तर पश्चिम), आग्नेय (दक्षिण पूर्व), आकाश (उर्ध्व), पाताल (अधो) को आफ्नै महत्व हुने गर्दछ ।

वास्त्रुशास्त्रका नियमले घर, अफिस र व्यापारिक अनुष्ठानमा आउने नकारात्मक ऊर्जा भगाउन सकिन्छ । कुन दिशामा कुन वस्तु हुनुपर्दछ यसबारे समेत वास्तुका नियमले स्पष्ट गर्दछ ।

कतिपय अवस्थामा वास्तु नियमको जानकारी भएर पनि हामी नकारात्मक ऊर्जाबाट घेरीएका हुने गर्दछौ । जसले हाम्रो जीवनको सफलता रोक्ने गर्दछ । त्यसैले वास्तुका यी नियम पालना गर्नुपर्दछ ।

१. पूर्व दिशाका स्वामी सूर्य देव हुन् । तसर्थ यस दिशामा घरको मुख्यद्वार हुनु पर्दछ ।
२. पश्चिम दिशाको देवता वरूण र ग्रह स्वामी शनि हो । यस दिशामा मुख्यद्वार हुनु हुदैन ।
३. उत्तर दिशाका देवता कुबेर हुन्, यस दिशामा घरको मुख्यधन राख्ने दराज हुनु पर्दछ ।
४. दक्षिण दिशामा घरको भारी वजनका सामान राख्नु पर्दछ ।
५. ईशान कोण अत्यन्त शुभ मानिन्छ । त्यसैले यस स्थानमा घरको मन्दिर हुनु पर्दछ ।
६. आग्नेय कोण अग्नि देवको स्थान हो । यस दिशामा घरको भान्सा हुनु पर्दछ ।
७. वायव्य कोण वायु देवको स्थान हो । यस दिशामा झ्याल, भेन्टिलेटर हुनु पर्दछ ।
८. नैऋत्य कोण पृथ्वी तत्वको स्थान हो यस दिशामा दराज, सोफा, मेच राख्नु पर्दछ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  १० : ०२ बजे

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा

ओडारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य

म्याग्दी– रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा अवस्थित पर्यटकीयस्थल सोवाङ धुरीमा आश्रयस्थल निर्माण भएपछि

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी– मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

वेन्चाङ– चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट