कोरोना सङ्क्रमणमुक्त परिवारलाई पुष्पगुच्छासहित सम्मान « Khabarhub

कोरोना सङ्क्रमणमुक्त परिवारलाई पुष्पगुच्छासहित सम्मान


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल- समुदायस्तरमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमितलाई छिमेकी र आफन्तद्वारा फरक व्यवहार गरिएको गुनासा सार्वजनिक भइरहँदा बुटवलमा होम आइसोलेसनमा बसेर सङ्क्रमण मुक्त भएकालाई सम्मान गर्ने गरिएको छ ।

बुटवल उपमहानगरपालिका-१३ का विभिन्न टोलमा स्थानीयवासीसँगै वडाका जनप्रतिनिधि समेतले सङ्क्रमण मुक्त भएकालाई सम्मान गर्ने गरेका छन् । उक्त वडाको भानुपथमा कोरोना सङ्क्रमण भई होम आइसोलेसनमा बसेर निस्किएका एकै परिवारका तीन जनालाई आज पुष्पगुच्छासहित टोलवासीले सम्मान गरेका हुन् ।

भानुपथ निवासी बुटवल उपमहानगरपालिकाका आइटी इन्जिनीयर विकेक भुसाल, उहाँको एक महिनाको छोरा र सँगै बस्ने भान्जीसहित परिवारलाई वडा जनप्रतिनिधि बेदप्रसाद गैरे, आमा समूह अध्यक्ष गिरा बराललगायत टोलवासीले आज पुष्पगुच्छा प्रदान गरी कोरोना जितेकामा नगरका तर्फबाट बधाई तथा शुभकामना दिएका छन् । कोरोना पुष्टि भएसँगै उनीहरु घरमै आइसोलेसनमा बसेर आज २१ औँ दिनमा आइसोलेसन मुक्त भएका छन् ।

सो अवसरमा आइसोलेसनमा रहँदासमेत टोलका अगुवा तथा छिमेकीबाट राम्रो सहयोग पाएको र सबैले स्वास्थ्यलाभको कामना गरेको भन्दै इन्जिनीयर भुसालले सबैप्रति आभार व्यक्त गरे । कोरोना भाइरस सङ्क्रमित भई होम आइसोलेसनमा बसेर निस्किएका भुसालको परिवारलाई डिस्चार्ज पत्र प्रदान गर्दै जनप्रतिनिधि गैरेले कोरोना रोकथामका लागि सजग र सचेत बन्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  २ : ०२ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी