भारतमा चौकीदारी गर्दै आएका एक नेपालीको कोरोनाले मृत्यु « Khabarhub

भारतमा चौकीदारी गर्दै आएका एक नेपालीको कोरोनाले मृत्यु


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको आन्ध्र प्रदेशको कडापा जिल्लामा काम गर्ने एक नेपालीको कोरोनाभाइरका कारण मृत्यु भएको छ ।

उनी १० बर्ष अघिदेखि कडापा जिल्लामा काम गरिरहेका छन् । उनी त्यहाँको स्थानीय दुभुरु राइस मिल र स्कुलमा चौकीदारको रूपमा काम गरिरहेका थिए।

उनका तीन छोराहरू छन् भने उनकी श्रीमति सात महिनाकी गर्भवती रहेको जनाइएको छ ।

उनकी श्रीमतिले त्यहाँको स्थानीय भाषा तेलगु बोल्न र बुझ्न नसकेका कारण आफ्नो समस्या छिमेकीहरुसँग राख्न समस्या भएको न्यू इण्डियन एसप्रेसले जनाएको छ ।

कोभिड-१९ को संकटका कारण काम नहुँदा परिवारले विगत चार महिनादेखिको घर भाडा तिर्न सकेका थिएनन्।

उनीहरूको आर्थिक अवस्थालाई ध्यान दिदै केही स्वैच्छिक संस्थाले सहयोग गरेको समाचारमा उल्लेख छ ।

उनी ३० बर्षको उमेरमा कामको खोजीमा भारतको कडापा जिल्ला बसाई सरेका थिए र दुभुरुमा बसोबास गरिरहेका छन् ।

पतिको मृत्यु भएपछि परिवारको विचल्ली भएको उनकी पत्नीले बताएकी छिन् । सहयोगको याचना समेत गरेकी छिन् ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  २ : ३२ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको