प्रहरी हिरासतमै मृत भेटिएका थुनुवाको अनुसन्धानका लागि छानविन समिति गठन « Khabarhub

प्रहरी हिरासतमै मृत भेटिएका थुनुवाको अनुसन्धानका लागि छानविन समिति गठन


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा थुनुवा मृत अवस्थामा भेटिएपछि प्रहरीले अनसन्धानका लागि छानविन समिति गठन गरेको छ ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश कुमार सिंहका अनुसार घटनाको अनुसन्धानका लािग प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा छानविन समिति गठन गरिएको हो ।

छानविन समितिमा एसपी बस्नेतसहित चारजना छन् ।

शुक्रवार बिहान हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएका धनगढी उपमहानगरपालिका–५ का रोशन विकलाई भदौ २२ मा चोरी मुद्दामा पक्रेर प्रहरीले थुनामा राखेको थियो ।

प्रहरीले सर्टको पासोमा झुण्डेर आत्महत्या गरेको भनेपनि मृतकका आफन्तले उनको शरीरमा चोटपटक देखिएको हुनाले कुटपिटबाट मृत्यु भएको दावी गरेका छन् ।

आफन्तले शुक्रबार जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  २ : ३७ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार