प्रहरी हिरासतमै मृत भेटिएका थुनुवाको अनुसन्धानका लागि छानविन समिति गठन « Khabarhub

प्रहरी हिरासतमै मृत भेटिएका थुनुवाको अनुसन्धानका लागि छानविन समिति गठन


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा थुनुवा मृत अवस्थामा भेटिएपछि प्रहरीले अनसन्धानका लागि छानविन समिति गठन गरेको छ ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश कुमार सिंहका अनुसार घटनाको अनुसन्धानका लािग प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा छानविन समिति गठन गरिएको हो ।

छानविन समितिमा एसपी बस्नेतसहित चारजना छन् ।

शुक्रवार बिहान हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएका धनगढी उपमहानगरपालिका–५ का रोशन विकलाई भदौ २२ मा चोरी मुद्दामा पक्रेर प्रहरीले थुनामा राखेको थियो ।

प्रहरीले सर्टको पासोमा झुण्डेर आत्महत्या गरेको भनेपनि मृतकका आफन्तले उनको शरीरमा चोटपटक देखिएको हुनाले कुटपिटबाट मृत्यु भएको दावी गरेका छन् ।

आफन्तले शुक्रबार जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  २ : ३७ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल