कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा थप ३ जनाको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा थप ३ जनाको मृत्यु


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- कोरोना संक्रमणबाट भक्तपुरका थप २ जना र काठमाडौंका एक जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार २ जनाको पाटन अस्पतालमा र एक जनाको मेघा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ १७ गतेदेखि पाटन अस्पतालमा भर्ना भएका भक्तपुरका ७२ वर्षीय संक्रमित पुरुषको शुक्रबार राति पौने १० बजे मृत्यु भएको हो ।

त्यस्तै भदौ १९ गते पाटन अस्पताल भर्ना भएका काठमाडौंका ५१ वर्षीय कोरोना संक्रमतिको पनि उपचारका क्रममा शनिबार बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी ललितपुरस्थित मेघा अस्पतालमा शुक्रबार भर्ना भएका भक्तपुरका ३६ वर्षीय पुरुषको पनि शनिबार बिहान ७:४० मा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

योसँगै काठमाडौं उपत्यकाका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

अहिलेसम्म काठमाडौंका ४७, भक्तपुरमा १२ र ललितपुरका ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यका कोरोना संक्रमण पनि तीव्र रुपमा बढिरहेको छ । शुक्रबार मात्रै काठमाडौंमा ६२० र भक्तपुर र ललितपुरमा ३८–३८ जना संक्रमित थपिएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ३ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै