यी हुन् चाँया हटाउने घरेलु उपाय « Khabarhub

यी हुन् चाँया हटाउने घरेलु उपाय


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ ।
गर्मी समयमा भन्दाबढि जाडो समयमा चाँयाले धेरै सताउने गरेको पाइन्छ । तर कतिपयलाई गर्मी मौसममा पनि चायाँले सताएर हैरान भएको पाइन्छ ।

टाउकोमा परेको चायाँको असर अनुहारमा पनि पर्ने भएकाले मानिसहरु आफ्नो सौन्दर्यका लागि निकै चिन्तित हुन्छन्  ।चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन्-

  • एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ हट्दै जानेछ ।
  • कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँदा पनि चायाँ हट्छ ।
  • अमला र रिट्ठा मिसाएर टाउकोमा लगाउने र यसको दुई घन्टापछि धुने गरेमा पनि चायाँ हट्छ ।
  • नुहाउनुभन्दा एक घन्टा अगाडी संधै कागतीको रसले टाउको मालिस गरेमा पनि केही हदसम्म चायाँको समस्याबाट मुक्ति पाउन सकिन्छ ।
  • प्रयोग गरेका ब्रस, तकिया, काईंयो, सिरानी सकेसम्म प्रयोग नगर्ने ।
  • काँचो अण्डा फुटाएर एक घण्टा जति कपालमा राम्रोसँग दलेर त्यतिकै रहन दिने । त्यसपछि त्यसलाई पखाल्ने । त्यसपछि हल्का सेम्फु प्रयोग गर्न सकिन्छ ।
  • अण्डासँगै मरिच र दही मिसाएर कपालमा लगाउने र १५ मिनेट पछि पखाल्ने ।
  • धूलो र अत्याधिक घाममा हिँड्दा टाउको छोप्ने ।

 

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  १२ : १६ बजे

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार