यस्तो छ विश्वकै धनी विल गेट्सकी छोरीको जीवनशैली « Khabarhub

यस्तो छ विश्वकै धनी विल गेट्सकी छोरीको जीवनशैली


२७ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- संसारकै धनी ब्यक्ति हुन् विल गेट्स । विल गेट्स र उनकी श्रीमती मेलिण्डाले सधैँ आफ्नो ब्यक्तिगत लाइफ प्राइभेट राख्छन् ।

उनकी २४ वर्षीया छोरी जेनिफर गेट्स यसको ठिक उल्टो छिन् । जो घुमफिर गर्न सौखिन छन् र आफ्ना फोटोहरु सोसल मिडियाहरुमा सेयर गर्छिन् ।

पछिल्लो एक वर्ष उनल आफ्नो ब्वाइफ्रेण्डसँग कुवेतसहितका संसारका अलग–अलग देशमा समय बिताइन् । यो दौरान उनले संसारभरका घोड सवारी प्रतियोगितामा पनि भाग लिइन् र त्यसको फोटोहरु सेयर पनि गरिन् ।

अप्रिल १९९६ मा जन्मिएकी जेनिफर बिल र मेलिण्डाका सबैभन्दा जेठी छोरी हुन् । उनका पिता जो माइक्रोसफ्टका कारण संसारभर प्रसिद्ध छन् । तर, जेनिफरलाई १४ वर्षसम्म फोन बोक्न दिइएको थिएन् ।

जेनिफर र उनका भाइबहिनीले आफ्ना पिताको सिएटलमा रहेको प्राइभेट लेक हाइस्कुलबाट पढाइ सुरु गरेका थिए । त्यसपछि उनीहरु उच्च शिक्षाका लागि स्ट्यानफोर्ड युनिभर्सिटी गइन् ।

उनी घोड सवारीकै सौखिन छिन् र ६ वर्षको उमेरदेखि नै राइडिङ गरिरहेकी छिन् । उनी आफ्नो घोडाको तारिफ गरेर कहिल्यै थाक्दिनन् ।

बिल गेट्सले उनको यो प्यासनलाई सपोर्ट गर्नका लागि फ्लोरिडाको बेलिङगटनमा एक पपर्टी खरिद गरेका छन् । यहाँ किनिएको बंगलाको मुल्य ५३ करोड रुपैयाँ रहेको बताइएको छ ।

यो बंगला पाम बीचको धेरै नजिक छ । जहाँ प्रत्येक वर्ष विन्टर इक्वेष्ट्रेन फेस्टिबल हुने गर्छ । यो फेस्टिबलमा हरेक वर्ष ४९ राज्य, ३० देशका २ हजार ८ सय घोडा सवार प्रतिस्पर्धा गर्छन् ।

संयुक्त राज्य अमेरिकाको इक्वेष्ट्रेन फेडरेशनले जेनिफरलाई शो जम्पिङमा १९ औं नम्बरमा राखेको छ । उनी घोडा सवारीका सबै प्रख्यात कम्पिटीसनहरु सहभागी भइसकेकी छिन् ।

त्यसोत घुमफिर उनको ग्ल्यामरस लाइफको हिस्सा नै हो । पछिल्लो एक वर्ष उनले आफ्नो ब्वाइफ्रेण्ड नाएल नस्सरसँग घुमफिरका तस्विरहरु सोसल मिडियामा सेयर गरेकी थिइन् । नाइल पनि प्रसिद्ध शो जम्पर हुन् ।

जेनिफरले इन्स्ट्राग्राममा उनको फोटोहरु सेयर गरेर भनेकी छन्, ‘कसैलाई थाहा छैन् कि हाम्रो अफिसियल डेटिङ एनिभर्सरी आज हो वा भोलि । तर, यसले कुनै फरक पर्दैन् । तिमीसँग म हरेक दिन खुशी छु।’

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ३ : २१ बजे

पाक-अफगान सीमा तनाव चुलियो

बिहसुद– पाकिस्तानले आइतबार छिमेकी अफगानिस्तानको सीमा क्षेत्रमा गरेको व्यापक हवाई

मेची भन्सारबाट आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ

पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा

काठमाडौं–  नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने

हिन्दू र मुस्लिम समुदायलाई संयमता अपनाउन पूर्वप्रधानमन्त्री नेपालको आग्रह

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर

जेन-जी आन्दोलनका घाइतेको विवरण पठाउन अन्तिम सूचना

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूको