राफायल नाडाललाई १३औँ पटक फ्रेन्च ओपन टेनिसको उपाधि « Khabarhub

राफायल नाडाललाई १३औँ पटक फ्रेन्च ओपन टेनिसको उपाधि


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस खेलाडी राफायल नाडालले १३औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।

पेरिसमा आइतबार भएको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले १३औं पटक फ्रेन्च ओपन जित्दै नयाँ कीर्तिमान कायम गरेका छन् ।

क्ले कोर्टका बादशाह मानिने नाडालले फाइनलमा सर्बियन जोकोभिचलाई ६-०, ६-२ र ७-५ को सेटमा हराए ।

दोस्रो वरियताका नाडालले लगातार चौंथो वर्ष फ्रेन्च ओपन जितेका हुन् । जोकोभिच भने दोस्रो पटक फ्रेन्च ओपन जित्न असफल भएका छन् ।

नाडाल १३ पटक फ्रेन्च ओपनको उपाधि जित्ने एक्लो खेलाडी बनेका छन् । नाडालले पहिलोपटक सन् २००५ मा फ्रेन्च ओपन जितेका थिए ।

३४ वर्षीय नाडालको यो करियरको २०औं ग्राण्डस्लाम उपाधिसमेत हो ।

यससँगै नाडालले स्वीस स्टार रोजर फेडेररले बनाएको सर्वाधिक २० ग्राण्डस्लाम उपाधि जित्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ७ : ०७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको