उर्लाबारी नगरपालिकाका सेवा बन्द « Khabarhub

उर्लाबारी नगरपालिकाका सेवा बन्द


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मेयर खड्ग फागोसहित नगरका कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएपछि मोरङको उर्लाबारी नगरपालिकाले सबै सेवा बन्द गरेको छ ।

नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रदान गरिँदै आएका सबै सेवा आजबाट बन्द गरिएको हो ।

मेयर फागोसहित संक्रमित कर्मचारीको सम्पर्कमा रहेका जनप्रतिनिधि र अरु कर्मचारीको पीसीआर परीक्षण गराउनु पर्ने भएकाले रिपोर्ट नआएसम्म सेवा बन्द गरिने नगरपालिकाले जनाएको छ ।

फागोका अनुसार पीसीआर परीक्षणका लागि अरु कर्मचारी र जनप्रतिनिधिको स्वाब संकलन सुरु गरिएको छ ।

पाँच दिनअघि उनका सवारी चालकमा कोरोना पुष्टि भएको थियो । त्यसपछि होम क्वारेन्टाइनमा बसेका नगर प्रमुख फागो र नगर स्वास्थ्य शाखा संयोजक सुरेश खड्कालाई पनि कोरोना देखिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १० : ५८ बजे

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ

पूर्वराष्ट्रपतिले भनिन्- ओली र लेखकलाई पक्राउ गर्नु बालेन्द्रको अपरिपक्व कदम, प्रतिवेदन कार्यान्वयनमा पुनर्विचार गर्नू

काठमाडौं– विद्यादेवी भण्डारी ले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी