सुनसरीका विभिन्न स्थानमा दुर्घटना, तीन जनाको मृत्यु « Khabarhub

सुनसरीका विभिन्न स्थानमा दुर्घटना, तीन जनाको मृत्यु


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

सुनसरी भोक्राहानर्सिङ–१ स्थित राजमार्गमा प्रदेश २–०१–००१ प १६०७ नम्बरको मोटरसाइकलले पैदल यात्री ६५ वर्षीय सोकील मियाँलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।

उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा आइतबार  साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै आइतबार दिउँसो ४ बजेतिर दुहबी कदमगाछीस्थित राजमार्गमा मे १ ख २४९८ नम्बरको डिजल बोकेको ट्याङकरले ठक्कर दिँदा को १७ प ६९८१ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मोरङ सुन्दरहरैँचाका ७० वर्षीय कृष्ण दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै आइतबार राति १२ बजेतिर भोक्राहानरसिंह– १ खोनिया पुलस्थित राजमार्गमा ना ५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तत्काल नामथर वतन खुल्न नसकेकी ३७/३८ वर्षीया महिला रहेकी छन् । ट्रकमै च्याप्पिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ११ : २५ बजे

जुम्लाको तिलास्थित कुडारीमा आगलागी, एक किशोरको मृत्यु

जुम्ला– जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन

दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश

ओली–लेखक पक्राउबारे कांग्रेस किन मौन ?

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका