प्राध्यापक चलाउनेलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

प्राध्यापक चलाउनेलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन विश्विद्यालयका प्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सिरहा घर भएका रुपेश शाह र रविन लामालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू त्रिचन्द्र क्याम्पसका विद्यार्थी भएको प्रहरीले जनाएको छ । रुपेशलाई सूर्यबिनायकबाट र रविनलाई सिरहाबाट पक्राउ गरिएको हो । घटनाको थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रमुख, एसएसपी श्याम ज्ञवालीले बताए ।

त्रिवि समाजशास्त्र केन्द्रीय विभागका प्राध्यापक चलाउनेलाई असोज २० मा तीन जनाले विश्वविद्यालय परिसरमा निर्घात कुटपिट गरेका थिए । सख्त घाइते चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १० : ४५ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ