टाटा मोटर्सको हातखाली नजाने दशैँ अफर « Khabarhub

टाटा मोटर्सको हातखाली नजाने दशैँ अफर


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले आउँदै गरेको बडा दशैँलाई लक्षित गरेर ग्राहकहरुको माझ “यो दशैंमा किनमान्ने बोर, टाटा मोटर्सले दिन्छ उपहार मोर”नामक योजना ल्याएको छ ।

योजनाअन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडीको खरिद तथा बुकिङमा ग्राहकहरुले हातखाली नजाने आकर्षक उपहारहरु प्राप्त गर्ने छ । जस अनुसार टाटाको ट्रक, बस, टिपर, मिनि ट्रक, मिनि टिपर, विङ्गर, पिकअप, एसर म्याजिकजस्ता गाडीहरुको खरिदमा ग्राहकहरुले वासिङ्ग मेसिन, ल्यापटप, स्मार्ट टिभी, स्मार्ट फोन, ट्यावलेटजस्ता आकर्षक उपहारहरुसहित एक वर्षको फ्री सर्भिस कुपनसमेत पाउनेछन् ।

त्यसैगरी बुकिङ्ग गरेबापत पनि विभिन्न उपहारहरु प्राप्त हुनेछ । खरिद गर्ने ग्राहक मध्येबाट तीस जनाभाग्यशाली ग्राहकलाई लक्कीड्रमार्फत आकर्षक बम्पर उपहारको समेत ब्यवस्था गरिएको छ ।

सिप्रदी ट्रेडिङ (कमर्सियल गाडीका जेनरल म्यानेजर अनुपमणि ढकालका अनुसार, ‘सिप्रदीले सधैं आफ्ना ग्राहकलाई पहिलो प्राथमिकतामा राखेको छ । र हरेक वर्ष झैँ यो वर्ष पनि हामीले आफ्ना ग्राहककालागि यस वर्षको महान चाडपर्वलाई ध्यानमा राखेर दशैँ अफर निकालेका छौं । ग्राहकहरुको तर्फबाट पनि यस वर्षको अफरलाई सकारात्मक प्रक्रियाआइरहेको छ। यसका साथै सिप्रदीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा सरल र सहज रुपमाउपलब्ध गरी रहेको छ।’

अहिलेको प्रतिकुल परिस्थितिमाआएको बडा दशैँमा ग्राहकहरुलाई केहि खुसी प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको सिप्रदी ले जनाएको छ । ग्राहकहरुको टाटा गाडी प्रतिको आकर्षण र उत्साहजनक सहभागिता रहेको यो योजना भाद्र २५ गतेबाट देशैभर लागू गरिएको छ । साथै सबैको बडा दशैँ सुरक्षित र शुभ रहोस् भनेर कामना गरेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ११ : ५९ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको