टाटा गाडीको सर्भिस सुविधा अब धार्केमा पनि « Khabarhub

टाटा गाडीको सर्भिस सुविधा अब धार्केमा पनि


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालभरी सबै भन्दा ठूलो सर्भिस संजाल रहेको सिप्रदी ट्रेडिङ्ग प्रालिले सम्पूर्ण टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा मर्मतको लागि धादिङ्ग जिल्लाको धार्केस्थित जुंगे खोलामा आफ्नो सेवा विस्तार गरेको छ ।

ग्राहकहरुको उच्च मागलाई सम्बोधन गर्दै कम्पनीले धार्केमा टाटा गाडीको सर्भिस सेवा सुचारु गरेको छ ।

सिप्रदीका कस्टमर केयर, कमर्सियल भेइकलका प्रमुख साम्देन लामाको अनुसार गाडी बेच्नु मात्र नभएर बिक्रिपछिको सेवालाई ध्यानमा राखेर सिप्रदी अघि बढिरहेको छ ।

‘सिप्रदीले कम्पनीको सुरुवातबाटै बिक्री पश्चातको सेवालाई उच्च प्राथमिकता दिँदै आइरहेको छ र यो धार्केमा खोलिएको सर्भिस सेन्टरले हाम्रो यो प्रतिबद्धताको पुस्टि गर्छ । र हामीलाई आशा छ यो सर्भिस सेन्टरले यो राजमार्गमा टाटाको गाडी चलाउने ग्राहकहरुलाई सहजता प्रदान गर्ने छ,’ कम्पनीले भनेको छ ।

यसका साथै राजमार्गमा आउन सक्ने अप्रत्याशित परिस्थितिमा आकस्मिक मर्मत सेवा प्रदान गर्न सिप्रदीले रोड साइड एस्सीस्टेन्स्को मोबाइल वर्कसपबाट सेवा प्रदान गर्दै नै आइरहेको छ । जसअन्तर्गत २४ घण्टा ७ दिन उपलब्ध रहने निःशुल्क फोन नेपाल टेलिकम भए १६६००१५५७७७ वा एनसेल भए ९८०१५७५७७७ मा एक कल फोन गर्दा समस्याको छिटोभन्दा छिटो समाधान पाइन्छ ।

धार्के वर्कशपमार्फत ग्राहकहरुले टाटा कमर्सियल गाडीहरुको सम्पूर्ण सर्भिस तथा मर्मत सेवा प्राप्त गर्न सक्ने छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १२ : ४६ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको