सुनसरीका तीनसहित थप पाँच संक्रमितको मृत्यु « Khabarhub

सुनसरीका तीनसहित थप पाँच संक्रमितको मृत्यु


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनसरीका तीनसहित थप पाँच संक्रमितको मृत्यु भएको छ । मृत्यु भएका अरू दुई जना  चितवन र रुपन्देहीका छन् ।

धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

करीब ७० वर्षीय उनको आज बिहान घरमा नै मृत्यु भएको हो । उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए ।

बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा  भीड भएका कारण उनलाई घरमै राखिएको थियो ।

यस्तै बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार बिहान ६:५० बजेतिर मृत्यु भएको हो ।

उनको शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि आइतबार साँझ नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

मृतक पुरूषमा मृगौला सम्बन्धी पूरानै समस्या पनि रहेको दाहालले जानकारी दिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक वृद्धको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय वृद्धको आइतबार राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

असोज २३ गते कोरोना पुष्टि भएपछि प्रतिष्ठानकै कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उनको उपचार थालिएको थियो ।वृद्धमा उच्च रक्तचापको पूरानो समस्या पनि रहेको डा.श्रेष्ठले बताए ।

रुपन्देहीमा पनि कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान साढे ७ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

यही असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका १० सङ्क्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताए ।

भरतपुर अस्पताल चितवनमा पनि कोरोना संक्रमित एक वेवारिसे महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको  उपचारका क्रममा आइतबार साँझ  मृत्यु भएको हो ।

यही असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनमा आसोज १९ गते कोरोना पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १२ : २६ बजे

इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट

बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार

नेपालगन्ज– बाँकेमा आर्थिक वर्ष २०८२-८३ को अहिलेसम्म १५६ वटा विभिन्न वन्यजन्तुको

गौरवका आयोजनाको अवस्था, समस्या र समाधानबारे अध्ययन गर्न उपसमिति गठन

काठमाडौं– संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टामा दुई हजार ७४६  वटा

दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवन‍– यहाँका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको