जिप कम्पास लाइनअपमा अर्को एसयुभी, सार्वजनिक भयो कम्पास डिजेल अटोमेटिक « Khabarhub

जिप कम्पास लाइनअपमा अर्को एसयुभी, सार्वजनिक भयो कम्पास डिजेल अटोमेटिक


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि अमेरिकी ‘आइकनिक ब्रान्ड’ जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो लोकप्रिय ट्रिम लिमिटेड प्लसमा ९–स्पिड डिजेल अटोमेटिक ट्रान्समिसन भएको नयाँ कम्पास भेरियन्ट सार्वजनिक गरेको छ ।

अल ह्विल ड्राइभ भएको नयाँ कम्पासमा बीएस६ कम्प्लायन्ट २.० लिटरको ४ बाई ४ डिजेल अटोमेटिक इन्जिन रहेको बताइएको छ । जसले अधिकतम १७३ पीएस पावर र ३५० एनएम टर्क उत्पन्न गर्ने कम्पनीले जनाएको छ।

नयाँ कम्पास लिमिटेड प्लस डिजेल अटोमेटिक ‘एजायल, क्विक् र पावरफुल एसयुभी’ हो जसले विकट भौगोलिक बनोट भएको अफरोडमा मात्र नभइ घना बस्ती भएको सहरी क्षेत्रका सडकमा हुने भीडभाड, खाल्डाखुल्डी, अव्यवस्थित निर्माण कार्य, बोटलनेकहरु र त्यसले उत्पन्न गर्ने ट्राफिक जाममा पनि आरामदायी ‘ड्राइभिङ एक्सपिरियन्स’ दिलाउँछ । यो ‘९–स्पिड डिजेल अटोमेटिक’ र ‘४ बाई ४ क्यापाबिलिटी’ दुवै भएको क्लासकै पहिलो एसयुभी भएको बताइएको छ ।

नयाँ कम्पास लिमिटेड प्लस डिजेल अटोमेटिकमा क्र्युज कन्ट्रोल, ड्युअल पेन पानोरामिक सनरुफ, प्लस लेदर इन्टेरियर, भ्वाइस कन्ट्रोलसहितको ८.४ इन्च यु कनेक्ट इन्फोटेनमेन्ट सिस्टम, ८ वे पावर्ड ड्राइभर सिट, अटो हेडल्याप्म, रेन सेन्सिङ वाइपर, अटोडिमिङ आईआरभीएम, १८ इन्चको एलोई ह्विल र ६ वटा एअर ब्याग रहेका छन् ।

साथै यसमा प्यासिभ इन्ट्रि, पुश–बटन स्टार्ट, डुअल जोन एअर कन्डिसनिङ, टु–टोन इन्टेरियर पनि रहेको छ । यसको सेलेक टेरेनमा अटो, स्यान्ड, मड र स्नोसहित अलह्विल ड्राइभ सिस्टम पनि रहेको छ । कम्पासको यो टप–एन्ड मोडलको मूल्य एक करोड १८ लाख ९० हजार तोकिएको छ ।

‘जिप कम्पसको रेन्जलाई अझ बलियो र व्यापक बनाउन हामीले डिजेल अटोमेटिक भेरियन्ट ल्याएका हौं । हामी हाम्रा ग्राहकलाई प्रडक्ट मात्र दिँदैनौं, उहाँहरुलाई नयाँ जीवनशैली पनि दिन्छौं ।

नयाँ कम्पासमा अहिले ग्राहकले खोज्नुहुने सबै इलेक्ट्रिोनिक फिचरहरु लोडेड त छन् नै जिपले विगत आठ दशकदेखि उपलब्ध गराउँदै आउको अतुलनीय इन्जिनियरिङ, बेजोड सुरक्षा र अद्वितीय ४ बाई ४ क्यापाबिलिटीमा पनि कुनै सम्झौता गरिएको छैन,’ जिप कम्पासको रेन्ज विस्तारबारे एमएडब्लु लाइफका बिजनेस हेड जोजु जोस थट्टिलले भने ।

एमएडब्लु लाइफले दसैंतिहारको अवसर पारेर एक्सचेन्ज क्याम्पेन पनि सञ्चालन गरिरहेको छ ।

जिप कम्पास डिजेल अटोमेटिकका मुख्य फिचरहरुः

९–स्पिड अटोमेटिक गियर बक्स र ‘फोर बाई फोर क्यापाबिलिटी’को बेजोड संयोजन
१७३ बीएचपी उर्जा उत्पन्न गर्ने शक्तिशाली बीएस६ कम्प्लायन्ट २.० लिटरको टर्बो डिजेल इन्जिन
‘क्रुज कन्ट्रोल’, ‘मेमोरी फंक्सन’सहितको ‘पावर्ड ड्राइभर सिट‘ र ‘फुल साइज पानोरामिक सनरुफ’
‘इलेक्ट्रोनिक स्टार्ट स्टप फंक्सन’ तथा उत्कृष्ट ‘फ्युल इफिसेन्सी’
‘स्टप एन्ड गो ट्राफिक कन्डिसन’का लागि सर्वोत्तम

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १ : ०१ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी