चीनको हस्तक्षेप बढेपछि हङकङमा राजनीतिक संकट, सांसहरूले गरे सामूहिक राजीनामाको घोषणा « Khabarhub

चीनको हस्तक्षेप बढेपछि हङकङमा राजनीतिक संकट, सांसहरूले गरे सामूहिक राजीनामाको घोषणा


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ सुरक्षा कानून कार्यान्वयनमा ल्याएसँगै चीनले हङकङमा बढाएको हस्तक्षेपपछि राजनीतिक संकट चुलिदै गएको छ ।

लामो समयदेखि हङकङमा भइरहेको प्रदर्शनलाई लक्षित गर्दै गत जुनमा नयाँ सुरक्षा कानून कार्यान्वयन गरेको चीनको निसानामा अहिले सांसदहरू पनि परेका छन् ।

राष्ट्रिय सुरक्षामा आघात पुर्‍याएको भन्दै चार जना सांसदलाई चीनले निस्कान गर्ने जनाएसँगै लोकतन्त्र समर्थक सांसदहरूले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।

बेजिङले राष्ट्रिय सुरक्षामा आघात गर्ने राजनीतज्ञहरुलाई निष्कासन गर्ने निर्णयसंगै उनीहरुलाई अयोग्य बताएको हो ।

यस घटनालाई चीनले हङकङको स्वतन्त्रामा प्रतिबन्ध लगाउन गरिएको नयाँ कदमको रुपमा हेरिएको बीबीसीले जनाएको छ ।

सो घटनालगत्तै लोकतन्त्र समर्थक सांसदहरुले त्यसको विरोधमा सामूहिक राजिनामाको घोषणा गरेका हुन् ।

चीनको नेसनल पिपुल्स कांग्रेस कमिटिकf अनुसार, चीनको राष्ट्रिय सुरक्षा नीतिमा खतरा भए जो कोहीलाई कारबाही गरिन्छ ।

हङकङको स्वतन्त्रताको पक्षमा तथा चीनको सार्वभौमिकताविरुद्धमा गएमा सांसदहरुलाई पनि कारबाही गरिने नयाँ कानूनमा उल्लेख छ ।

यस्तै, विदेशी सहयोगमा आन्तरिक निर्णय भएमा पनि कारवाही गर्ने नीति अन्तर्गत चीनले हङकङ सरकारलाई सांसदहरु निष्कासन गर्न सक्ने जनाइएको छ ।

सोही नीति बमोजिम हङकङको स्वतन्त्रताको पक्ष लिएका सांसदहरू एल्भिन युंग, वोक का-कि, सिभिक पार्टीका डेनिस वोक र केनेथ लुंगलाई चीनले अयोग्य भन्दै निष्काशन गर्ने निर्णय गरेको हो ।

उनीहरुले राजीनामा नदिए सार्वजनिक रुपमा अयोग्य भन्दै पदबाट हटाइने चेतावनी दिइएपछि लोकतन्त्र समर्थक १९ सांसदले सामूहिक राजीनामा दिएका हुन् । हङकङको संसदमा ७० सिट छ ।

सन् १९९७ सम्म वेलायतको उपनिवेशमा रहेको हङकङ त्यसपछि चीनको नियन्त्रणमा छ । विशेष प्रशासनिक क्षेत्र भएको कारण हङकङको आफ्नै कानूनी व्यवस्था, एक भन्दा अधिक राजनीतिक दलहरु र अधिकारहरु कायम छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ५ : ५० बजे

भारत भ्रमण सकेर स्वदेश फर्किए रवि

काठमाडौं– रास्वपा सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौं– सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका

आर्थिक विधेयकबाट १७ पृष्ठ गायब, पटक–पटक संशोधन गरेका अर्थमन्त्रीमाथि होला अनुसन्धान ?

काठमाडौं- आर्थिक वर्ष (आ.व.) २०७९/८० को बजेट निर्माण प्रक्रियामा विवाद

‘डिजिटल रूपान्तरण, साइबर सुरक्षा प्रवर्द्धन र सहज सेवा प्रवाह सरकारको प्राथमिकतामा’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल रूपान्तरण, साइबर

स्वस्तिक आयाल प्रकरणमा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग

काठमाडौं– राजस्व न्यायाधिकरण विराटनगर इजलासले स्वस्तिक आयल इन्डस्ट्रिज प्रालि जोडिएको