कोरोनाको मृत्युमा नयाँ रेकर्ड, एकैदिन १० हजारको मृत्यु « Khabarhub

कोरोनाको मृत्युमा नयाँ रेकर्ड, एकैदिन १० हजारको मृत्यु

युरोपमा कोरोनाका मृतक बेलायतमा धेरै


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर कोरोनाको मृत्युमा नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ७ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । विश्वभर एकैदिन कोरोनाले  मृत्यु भएकाको यो संख्या अहिलेसम्मकै उच्च हो ।

एकै दिन १० हजार बढीको मृत्यु हुँदा कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ८८ हजार ७२२ पुगेको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ४ हजार ७२८ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५० हजारभन्दा बढीको मृत्यु भएको छ ।

युरोपमा कोरोनाबाट ५० हजारभन्दा बढीको मृत्यु हुने बेलायत पहिलो देश हो भने विश्वमा पाचौँ हो । हालसम्म अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

बेलायतमा पछिल्लो २४ घण्टामा ५९५ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५० हजार ३६५ पुगेको छ ।

जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभरि नै मृतकको संख्या बढ्दै गएको छ ।

युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। स्पेनमा मृतकको संख्या ४२ हजार ९५३ पुगेको छ।

फ्रान्समा ४२ हजार ५३५ र स्पेनमा ४० हजार १०५ जनाको मृत्यु भइसकेको छ। संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्।

मृतकको संख्या बढ्न थालेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पछिल्लो समय प्राप्त तथ्याङ्कहरुले खोपको आशा दिलाएको बताएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ३ हजार १३१ संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड २४ लाख ११ हजार ४५२ पुगेको छ ।

यसमध्ये ३ करोड ६६ लाख ५५ हजार ११ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २ लाख ६८ हजार ९१८ जना संक्रमणमुक्त भएका छन् ।

विश्वभर यो समाचार तयार पार्दासम्म सक्रिय संक्रमितको संख्या १ करोड ४४ लाख ६७ हजार ७१९ पुगेको छ ।

उपचार गराइरहेकामध्ये ९४ हजार ७३९ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ७ : २० बजे

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा