भूमि अतिक्रमणलाई छाँयामा पार्न चिनियाँ मुखपत्र लागि पर्‍यो- कांग्रेस नेता शाही « Khabarhub

भूमि अतिक्रमणलाई छाँयामा पार्न चिनियाँ मुखपत्र लागि पर्‍यो- कांग्रेस नेता शाही


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले नेपाली भूमि मिचेको विषयलाई छाँयामा पार्न चिनियाँ पक्ष लागि परेको बताएका छन् ।

नेपालको सीमा मिचेको भनेर झुटो खबर फैलाउ नेपाली कांग्रेससमेत मुछिएको भन्दै चिनियाँ मुख पत्र ग्लोबल टाइम्सले रिपोर्ट प्रकाशित गरेपछि नेता शाहीले विज्ञप्ति जारी गरेर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘नेपाल र चीनबीच सीमा विवाद देखिएको हुम्लाको उत्तरी क्षेत्रको स्थलगत निरीक्षण पश्चात गरिएको सुक्ष्म अध्ययन एवं विश्लेषण र तथ्यका आधारमा नेपाली भूमि अतिक्रमण भएको निष्कर्षलाई छाँयामा पार्ने गरी आफ्नो मुख पत्र ग्लोबल टाइम्स पत्रिका मार्फत चीन सरकारले लगाएको सम्पूर्ण मिथ्या आरोपलाई खारेज गर्दछु, बुधबार विज्ञप्ति जारी गर्दै शाहीले भनेका छन्,’एक इञ्च पनि नेपाली भूमि नमिचेको प्रमाण पेस गर्न चीन सरकारलाई चुनौती दिन्छु ।’

ग्लोबल टाइमस्ले चीनले सीमा मिचेको झूठो खबर फैलिनुमा नेपाली कांग्रेसको मुख्य हात रहेको दाबी गरेको छ । उक्त पत्रिकाले केही नेपाली विज्ञहरूलाई पनि उल्लेख गरेको छ । साथै, नेपाली कांग्रेसलाई प्रो–इन्डियन पार्टीको संज्ञा दिएको छ ।

चीनको मुखपत्र भनेर चिनिने ग्लोबल टाइम्सले रिपोर्टमा कांग्रेस नेता एवम् कर्णाली प्रदेशसभा सदस्य जीशाहीलाई मुख्य आरोप लगाएपछि उनले विज्ञप्ति जारी गर्दै चीनले नेपाली भूमि अतिक्रमण गरेको फेरि पनि दोहोर्‍याएका छन् ।

शाही नेतृत्वको टोलीले हुम्लामा चीनले सीमा मिचेको भन्ने स्थानको भ्रमण गरेर प्रतिवेदन नै पार्टी कार्यालयमा बुझाएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ९ : १० बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड