८० किलो गाँजासहित कार नियन्त्रणमा, कार धनी फरार | Khabarhub Khabarhub

८० किलो गाँजासहित कार नियन्त्रणमा, कार धनी फरार


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिर नजिकैबाट प्रहरीको टोलीले आज ८० किलो गाँजासहित कार नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरी टोलीले उक्त मन्दिरको नजिकै पार्किङ गरिराखेको बा६च १४७६ नम्बरको कारलाई शङ्का लागि खोजतलास गर्ने क्रममा उक्त कारभित्र राखिएको अवैध गाँजा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

पार्किङ गरेर उक्त स्थानमा कार राखिएको र कारका धनी फरार भएपछि स्थानीय जनप्रतिनिधिको रोहवरमा कारको लक तोडेर जाँच गर्दा उक्त अवैध गाँजा प्रहरीले फेला पारी थप अनुसन्धान गरिरहेको प्रवक्ता रानाले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ३ : ४३ बजे

नक्कली नोटसहित वीरगंजबाट दुई जना पक्राउ

पर्सा– वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १

पर्वतको थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण

पर्वत– फलेवास नगरपालिका–२ थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन)

रविलाई सीकेको सुझाव– बारा र इलाममा जमानत गयो, विचार गर्नुहोला !

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले इलाम–२ को उपनिर्वाचनको परिणामबारे

अफगान मस्जिदमा आक्रमण, छ जनाको मृत्यु

काबुल– पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको

लुलुगाई मारेको आरोपमा तीन पक्राउ

मनाङ– मनाङमा लुलुगाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको